मङ्गलबार, १७ नोभेम्बर २०२६

अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

काठमाडौंको कोटेश्वरस्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने(ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ। 

सडकमा आफ्नो लेन नै छाडेर अगाडि बढ्ने वा ओभरटेक गर्ने प्रतिस्पर्धाले सवारी आवागमनलाई अव्यवस्थित बनाएको छ। 

यात्रु चढाउने र ओराल्ने तथा अगाडि बढ्ने क्रममा सार्वजनिक यातायातका साधनले ट्राफिक नियम पालना नगर्दा ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको देखिन्छ। 

व्यस्त सडकमा चालकहरूले आफ्नो लेनमा गाडी नहाँक्ने, ट्राफिक नियम पालना नगर्दा दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने देखिन्छ।

सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन चालकहरू स्वयं जिम्मेवार बन्नुका साथै ट्राफिक नियमको प्रभावकारी पालना आवश्यक देखिन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!