आइतबार, ०३ अगस्ट २०२५

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान गरेको छ। हात्तीलाई आज दिउँसो निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा डार्ट गरी रेडियोकलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपाको निर्णय

जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गोदावरी

काठमाडौँ महानगरका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग, सचेत रहन आग्रह

 काठमाडाैँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धेरै पारिश्रमिक लिएर न्याय पाइन्छ भन्ने भ्रम चिर्नूस्: मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले धेरै पारिश्रमिक लिएर न्याय पाइन्छ भन्ने भ्रम जनतामा रहेको भन्दै यसलाई चिर्न जरुरी रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

धानको उत्पादनसँगै मूल्य बढ्दा किसान उत्साहित

अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको छ। मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता, उन्नत जातको बीउको प्रयोग र रोग कीराको प्रकोप कम भएका कारण धान उत्पादन वृद्धि भएको कोशी प्रदेश सरकारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेलबारी

रेखाको प्रेग्नेन्सी फोटोसुट

चर्चित अभिनेत्री रेखा थापा पहिलो सन्तानलाई जन्म दिने तयारीमा रहेकी छिन्। माघ महिनामा उनले पहिलो सन्तानलाई जन्म दिने डाक्टरले मिति दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विष्णु खत्री र सुनिता बुढाकाे स्वरमा ‘बागलुङ कालिकामा’ सार्वजनिक

‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत् आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजार भन्दा बढी ‘भ्यूज’ बटुलेको छ। सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र संगीत पनि खत्रीकै रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जापानबाट निर्वाचित पदाधिकारीलाई एनआरएन नागोयाले गर्‍याे सम्मान

एनआरएन क्षेत्रीय समितिले आइतबार मारुनोउचीस्थित दैलो रेस्टुरेन्टमा एक भव्य कार्यक्रमको आयोजना गरी एनआरएनएका पदाधिकारीलाई बधाई तथा आगामी कार्यकालको शुभकामनासहित सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नागोया

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुन सक्दैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गो लगाउनुपर्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हिमपातका कारण पूर्वी चीनका विद्यालयमा अनलाइन पढाइ

सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जिनान

इजरायली विशेष हेलिकप्टरद्वारा गाजाबाट ६०० भन्दा बढी घाइतेको उद्धार

इजरायल डिफेन्स फोर्सले गाजामा 'आइरन स्वर्ड्स युद्ध' शुरु भएदेखि करिब  ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेल अवीव

रूसको सेनामा भर्ती भएका, मारिएका र घाइते भएका नेपालीबारे ‘थाहै छैन’ प्रधानमन्त्रीलाई 

रूसको सेनामा भर्ती भएका नेपाली युक्रेनी सेनाको नियन्त्रणमा रहेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत प्राथमिकतामा परिरहेको नेपालीका मुद्दामा भने नेपाल सरकार र यहाँको राजनीतिक वृत्त मौनप्राय छ। त्यसमाथि नेपालको कुटनीति त झन् उसैगरी हराइरहेको छ, जसरी रूसको सेनामा नेपाली हराइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘दलित भन्दै’ वृद्धालाई आश्रमबाट निकाल्ने महिला पक्राउ

जातीय विभेद् गरेकाे आराेपमा मोरङको बूढीगंगा गाउँपालिका- १, पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। पीडितकाे उजुरीकाे आधारमा साेमबार पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमरेशकाे बचाऊ गर्दै एमालेकाे विद्यार्थी संगठनले भन्याे– प्रधानमन्त्रीकी पुत्रीलाई कानूनी दायरामा ल्याउनुपर्छ

नेकपा (एमाले)काे विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र सांसद अमरेशकुमार सिंहकाे बचाऊ गर्दै प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहाललाई अनुसन्धानकाे दायरामा ल्याउन माग गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं