बिएल संवाददाता
चर्चित अभिनेत्री रेखा थापा पहिलो सन्तानलाई जन्म दिने तयारीमा रहेकी छिन्। माघ महिनामा उनले पहिलो सन्तानलाई जन्म दिने डाक्टरले मिति दिएका छन्।
बलराम शाही ठकुरीसँग प्रेम-विवाह गरेकी रेखा यतिबेला अमेरिकामा रहेकी छिन्। सन्तानलाई रेखाले उतै जन्म दिनेछिन्। सन्तानको जन्मसँगै केही समय उनी अमेरिकामा नै बस्ने तयारी गरिरहेकी छिन्। उनको चलचित्र उपहार फागुनमा रिलिज तयारीमा रहेको छ।
रेखाले यसको लागि प्रमोसनल अन्तर्वार्ता केही मिडियामा दिएर गएकी छिन्। आफ्नो छुट्टी र पहिलो सन्तानलाई अमेरिकामा जन्म दिएर रेखा नेपाल फर्कने छिन्। अमेरिका जानुअगाडि रेखाले नेपालमा प्रेग्नेन्सी फोटोसुट गराएकी थिइन्।
श्रीमान ठकुरीसँग उनको प्रेग्नेन्सीसुट सुरज धामीले गरेका थिए।


वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया