बिएल संवाददाता
नेकपा (एमाले)काे विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र सांसद अमरेशकुमार सिंहकाे बचाऊ गर्दै प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहाललाई अनुसन्धानकाे दायरामा ल्याउन माग गरेकाे छ।
सांसद सिंहले आइतबार गंगा दाहालप्रति दिएकाे अभिव्यति र उनले लगाएकाे आराेपबारे अनुसन्धान गर्नुपर्ने माग अनेरास्ववियुकाे छ।
सांसद सिंहले भनेका थिए, ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचीव (सचिव) गङा (गंगा) दहाल (दाहाल)ले कुन-कुन ब्यापारी सङ (सँग) कुन-कुन मामिलामा कति रकम बुझेका छिन त्यो सबै प्रमाण म सङ (सँग) सुरक्षीत (सुरक्षित) छ।’
यस अभिव्यक्तिबाट प्रधानमन्त्रीकाे सचिवालय सदस्यहरु जनताकाे सेवामा नभएर कमाउ धन्दामा लागेकाे स्पष्ट हुने अनेरास्ववियुकाे भनाइ छ। ‘बालुवाटार र सिंहदरबारमा बसेर यस्ता गतिविधिमा संलग्न जाे-काेही भए पनि छानबिनकाे दायरामा ल्याई दाेषी उपर कानुन बमाेजिम कडाभन्दा कडा कारबाही प्रक्रिया अगाडि बढाउन अनेरास्ववियु जाेडदार माग गर्छ,’ कार्यबाहक अध्यक्ष गाेबिन्द गिरीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएकाे छ।
विज्ञप्ति

महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया