बिएल संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) नागोया क्षेत्रीय समितिले जापानबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका पदाधिकारीलाई सम्मान गरेको छ। एनआरएन क्षेत्रीय समितिले आइतबार मारुनोउचीस्थित दैलो रेस्टुरेन्टमा एक भव्य कार्यक्रमको आयोजना गरी एनआरएनएका पदाधिकारीलाई बधाई तथा आगामी कार्यकालको शुभकामनासहित सम्मान गरेको हो।
नागोया क्षेत्रीय समितिका संयोजक भेषनाथ गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिमा तोकाई वाटिका ईन्टरनेशल स्कुलका अध्यक्ष एवम् एनआरएनए जापानका पूर्वमहासचिव डा. सुदीप अधिकारी रहेको नागोया क्षेत्रीय समितिका उपसंयोजक तथा प्रचारप्रसार विभागका संयोजक कुशल पौडेलले जानकारी दिए।
काठमाडौँमा सम्पन्न ११औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित रोविन शेरचन, सचिव पारसमणि पोख्रेल, कोषाध्यक्ष सुदन थापा, युवा संयोजक सुपेन्द्र घिसिङ, एसिया प्यासेफिक उपाध्यक्ष दीपक केसी, आइसीसी सदस्य विकाश श्रेष्ठ उपस्थित कार्यक्रमा नागोयाका विभिन्न नेपाली संघ–सस्थाका प्रतिनिधि, समाजिक अभियान्ताहरूले बधाई तथा शुभकामना दिएका थिए।
एनआरएन नागोया क्षेत्रीय समितिका सचिव प्रतीक कार्कीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष योमन देवानले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा डा. सरोज कँडेल, हरि श्रेष्ठ, श्याम सितल, कुशल धिताल, एनसीसी जापानका सहकोषाध्यक्ष राम थापा मोहोन खत्रीलगायतले शुभकामना तथा बधाईसहित धारणा राखेको सरोज बडालले जानकारि गराए।
क्षेत्रीय समितिलाई सम्मान कार्यक्रम आयोजना गरेकोमा आभार प्रकट गर्दै संस्थालाई संस्थागत हिसाबले लैजाने र गैरआवासीय नेपालीहरुको हक/हितमा थप सक्रिय भई काम गर्ने नवनिर्वाचित पदाधिकारीले प्रतिबद्धता गरेका थिए।
संघको (२०२३–२५)को कार्यकालका लागि जापानबाट केन्द्रीय उपाध्यक्षमा रोविन शेरचन, युवा उपाध्यक्षमा रोशन थापा, सचिवमा पारसमणी पोखरेल, कोषाध्यक्षमा सुदन थापा, युवा संयोजकमा सुपेन्द्र घिसिङ, एसिया प्यासेफिक उपसंयोजकमा दीपक कँडेल, एसिया प्यासेफिक उपसंयोजकमा दीपक केसी, महिला संयोजक (एसिया प्यासेफिक) अनिता गुरुङ लामा, क्षत्रीय युवा संयोजक विकस बस्नेत, श्रेत्रीय युवा उपसंयोजक नारायण खड्का, सदस्यमा राम थापा (अनिल), विजेश थकाली, विकास श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, छत्रबहादुर दाहाल र बाबुराम खरेनागोया क्षेत्रीय समितिका युव संयोजक यमबहादुर पाइजा मगर निर्वाचित भएका थिए।
‘चार तारा’ र ‘रुख’ नै कांग्रेसको ब्रान्ड
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया