बिएल संवाददाता
सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सम्मान गरेको छ। सोमबार गैरआवासीय संघ (एनआरएनए)ले विशेष समारोहकाबीच शेर्पालाई सम्मान गरेको हो।
गैरआवासीय संघले यसरी पहिलोपटक सम्मान गर्दा आफू निकै खुसी भएको शेर्पाले बताए। उनले हाम्रो नेपाललाई विश्वकासामु यसरी नै चिनाउन पाउनु गर्वको विषय भएको बताए।
उनले भने, ‘विभिन्न आरोहीहरुले यसरी नै ठूलाठूला हिमाल आरोह गरेर नेपाललाई विश्वसामु चिनाएको छ। गैरआवासीय संघले यसरी पहिलोपटक सम्मान गर्दा म निकै खुसी छु। हाम्रो नेपाली आमनागरिक बाहिर जानु भएकाहरुलाई फेरि पनि हाम्रो नेपालको बारेमा चिनाउन पाउँ। विश्वसामु हाम्रो नेपाल पहिलेको भन्दा धेरै नै विकसित भएको छ भन्न चाहन्छु।’
यसैगरी गैरआवासीय संघ एनआरएनका अध्यक्ष बद्री केशीले ८० लाख नेपालीलाई प्रतिनिधित्व गर्ने यो संस्थाको झण्डालाई सगरमाथाको शिखरमा पुर्याएर पेम्बा रिता शेर्पाले हामी सबैको शिरलाई सगरमाथामा पुुर्याएकोमा धन्यवाद व्यक्त गरेका छन्।
उनले १४ पटक सगरमाथा चढेर गैरआवासीय संघको झण्डा फरफराएर सम्पूर्ण गैरआवासीयहरुको शिरलाई ठाडो पारेको बताएका हुन्।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया