बिएल संवाददाता
सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सम्मान गरेको छ। सोमबार गैरआवासीय संघ (एनआरएनए)ले विशेष समारोहकाबीच शेर्पालाई सम्मान गरेको हो।
गैरआवासीय संघले यसरी पहिलोपटक सम्मान गर्दा आफू निकै खुसी भएको शेर्पाले बताए। उनले हाम्रो नेपाललाई विश्वकासामु यसरी नै चिनाउन पाउनु गर्वको विषय भएको बताए।
उनले भने, ‘विभिन्न आरोहीहरुले यसरी नै ठूलाठूला हिमाल आरोह गरेर नेपाललाई विश्वसामु चिनाएको छ। गैरआवासीय संघले यसरी पहिलोपटक सम्मान गर्दा म निकै खुसी छु। हाम्रो नेपाली आमनागरिक बाहिर जानु भएकाहरुलाई फेरि पनि हाम्रो नेपालको बारेमा चिनाउन पाउँ। विश्वसामु हाम्रो नेपाल पहिलेको भन्दा धेरै नै विकसित भएको छ भन्न चाहन्छु।’
यसैगरी गैरआवासीय संघ एनआरएनका अध्यक्ष बद्री केशीले ८० लाख नेपालीलाई प्रतिनिधित्व गर्ने यो संस्थाको झण्डालाई सगरमाथाको शिखरमा पुर्याएर पेम्बा रिता शेर्पाले हामी सबैको शिरलाई सगरमाथामा पुुर्याएकोमा धन्यवाद व्यक्त गरेका छन्।
उनले १४ पटक सगरमाथा चढेर गैरआवासीय संघको झण्डा फरफराएर सम्पूर्ण गैरआवासीयहरुको शिरलाई ठाडो पारेको बताएका हुन्।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया