आइतबार, ०८ मार्च २०२६

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार

News Image
• • •

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको स्वास्थ्यमा सुधार आएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार काठमाडौँको चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पताल भर्ना भएका थिए।

उनका स्वकीय सचिव पारसमणि फुयाँलले भोलि अपराह्नसम्ममा प्रदेश प्रमुख शर्मालाई अस्पतालबाट डिस्चार्ज हुनसक्ने बताए।

प्रदेश प्रमुख शर्मा गत शनिबार चीनको पाँचदिने भ्रमण सकेर स्वदेश फर्किएका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!