आइतबार, २४ अगस्ट २०२५

रविलाई गाेकुलले भने- अराजकताको अन्त्य आदेश निर्देशले हाेइन, नियम संगत प्रणालीले मात्र गर्छ

बास्काेटाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै अराजकताकाे अन्त्य आदेश निर्देशबाट नभएर नियम संगत प्रणालीबाट हुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल फर्किँदै रेखा, नयाँ फिल्मको तयारी

फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाएकाे बताइन्। यसैले यी सबै कुरालाई ध्यानमा राखेर नयाँ फिल्म बनाउने तयारीमा लाग्ने उनकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दलित अधिकार रक्षा गर्ने प्रदेश प्रमुखको प्रतिबद्धता

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्यक्रममा उनले दलितका अधिकार स्थापित गर्न आफ्नो पूर्ण सहयोग हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

आज पनि पानी पर्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ: अध्यक्ष ओली

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा नेपाल उत्पीडित जातीय मुक्ति समाजले ५९ औँ अन्तर्राष्ट्रिय जातिभेद तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले राजनीतिको लागि लोकतान्त्रिक गणतन्त्र साधन मात्र रहेको उल्लेख गर्दै राजनीतिको गन्तव्य मानवजातिको सुख र समृद्धि भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जापान एयरलाइन्सले ३२ एयरबस र १० बोइङ विमान खरिद गर्ने घोषणा

जापान एयरलाइन्सले एयरबससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ। कम्पनीले एयरबसबाट २१ ए ३५०–९००, बोइङ कम्पनीसँग ११ वटा ए ३२१ नियो र १० वटा बोइङ ७८७–९ जहाज ल्याउने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

नेपाल पर्यटन बोर्डको कामलाई थप नतिजामुखी बनाउन पर्यटनमन्त्रीद्वारा निर्देशन

पर्यटनमन्त्री तामाङले बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवर्द्धनका कार्य गर्न आग्रह गरे। पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुरुप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासबैसंग सहकार्य गररै अघि बढ्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अवैधानिक संरचनामा मेयर किन मौन?

माेरङकाे उर्लाबारी ५ झुम्रामा अबैध रुपमा अस्फाल प्लान्ट सञ्चालन भइरहेको छ। उर्लाबारी ७ का नेत्र घिमिरेको २ विघा जग्गामा ४ वर्ष यता पुर्वाञ्चल कन्ट्रक्सनले अस्फाल प्लान्ट चलाइरहेकाे  हाे। पुर्वाञ्चल कन्ट्रक्सन निर्माण कम्पनी हाे। कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा अस्फाल प्लान्ट राख्ने उदेश्य कतै उल्लेख छैन।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

सिडिओले सञ्चार माध्यमको निगरानी गर्ने निर्देशनबाट पछि हट्यो गृह मन्त्रालय

प्रमुख जिल्ला अधिकारीलाई सञ्चार माध्यमको निगरानी गराउने निर्णयबाट गृह मन्त्रालय पछि हटेको छ। सञ्चार माध्यमको कन्टेन्ट अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीलाई दिएको निर्देशन विवादमा परेपछि गृह मन्त्रालय पछि हटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हाेलीमा जबर्जस्ती रङ्ग लगाइदिने र लाेला हानेमा कारबाही गर्ने काठमाडाैँ प्रहरी प्रमुखकाे चेतावनी (भिडियाे)

बिहीबार बिएल नेपाली सेवासँग कुराकानी गर्दै एसएसपी खत्री हाेलीकाे बहानामा विकृत कार्य गर्नेलाइ कारबाही गर्ने चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चिप्लिएका रविलाई सचिवले बचाए, अन्तत: सच्चियो सञ्चारमाध्यम नियन्त्रण गर्ने आदेश 

यसमा गृहसचिव एकनारायण अर्यालले रविलाई पुनः आदेश सच्याउनका लागि भनेको गृहमन्त्रालय स्रोत बताउँछ। ‘गृहमन्त्री ज्यूको आदेशको विरोध भएपछि सचिव ज्यूसँग छलफल भएको थियो। यो भएन भन्दै सचिव ज्यूले भनेपछि सच्याइएको छ,’ स्रोतले भन्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

श्रममन्त्री अर्यालद्वारा वैदेशिक रोजगार कार्यालय ताहचलको अनुगमन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन्। बिहीबार साँझ मन्त्री आफैँ ताहाचल पुगेर कार्यालयको अनुगमन गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहकारी बचतकर्ताबीच ८ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित,

सहकारी बचतकर्ताहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। बिहीबार सिंहदरबारमा पीडित पक्ष र सरकारी वार्ता टोलीबीच एक अधिकार सम्पन्न समिति गठन गरी बचतकर्ताको रकम तत्काल फिर्ता गर्ने प्रक्रिया अघि बढाउने लगायतका ८ बुँदे सहमति भएसँगै पीडित पक्षले आन्दोलनको सबै कार्यक्रम स्थगित गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फेरि भूमि आयोग खारेज, आयोग भन्छ– सरकारले गलत गर्‍यो

फेरि राष्ट्रिय भूमि आयोग खारेज गरेको भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो।  २०७८ साल भदौ ३ गते केशव निरौलाको अध्यक्षतामा आयोग गठन भएको थियो। उनी काँग्रेस निकट व्यक्ति हुन्। नयाँ सत्ता समिकरण बनेसँगै आयोग खारेज गरिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

महिला न्यायाधीशको पहिलो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

 नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु हुने भएको छ। राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धिः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ हुने सम्मेलनको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बैतडीमा कोदालो प्रहार घटना: एकको मृत्यु, दुई कर्मचारीको हेलिकप्टरबाट उद्धार

जिल्लाको डिलाशैनी गाउँपालिका– ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीको कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

नीति तथा कार्यक्रमका लागि प्रधानमन्त्री कार्यालयले थाल्याे छलफल

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट प्रणाली तथा नीति तथा कार्यक्रमको ढाँचामा परिवर्तन गरी समावेशी र सबैको अपनत्व हुनेगरी निर्माण गर्ने घोषणा गरेबमोजिम प्रधानमन्त्री कार्यालयमा गठित समितिले विभिन्न क्षेत्रसँग आगामी आवको नीति तथा कार्यक्रमका विषयमा छलफल तथा सुझाव सङ्कलन गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री रवि लामिछानेकाे आदेश- मिडिया नियन्त्रण सिडिओले नै गर्नू

गृहमन्त्री लामिछानेले बिहीबार प्रमुख जिल्ला अधिकारीहरुलाई आधारहीन तथा अनर्गल सामाग्री लेख्ने न्युज पाेर्टल, फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल तथा छापा माध्यमहरुलाई कारबाही गर्न निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारी वकीलमा बयान दिएपछि श्रीलंका उडे विनोद चौधरी

नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन्। बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका प्रस्थान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं