बिएल संवाददाता
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुल बास्काेटाले अराजकताकाे अन्त्य आदेश निर्देशबाट नहुने बताएका छन्।
बास्काेटाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै अराजकताकाे अन्त्य आदेश निर्देशबाट नभएर नियम संगत प्रणालीबाट हुने बताएका हुन्।
‘सूचनाले तथ्य माग्छ तर अभिव्यक्तिले मत। प्रकृति, समाज, राजनीति अर्थनीति सबै निश्चित नियम र प्रणालीबाट सञ्चालन हुन्छन्। ती तोडेपछि अराजकता जन्मन्छ। अराजकताको अन्त्य आदेश निर्देशले हाेइन नियम संगत प्रणालीले मात्र गर्छ,’ बास्काेटले भनेका छन्।
उनले बिहीबार गृहमन्त्री रवि लामिछानेले संविधानकाे मर्मविपरीत सञ्चार माध्यमलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई दिएकाे निर्देशन लक्षित प्रतिक्रिया दिएका हुन्।
बिहीबार दिउँसाे गृहमन्त्री रवि लामिछानेले सञ्चार माध्यम तथा सामाजिक सञ्जाललाई नियमन गर्न प्रहरी र प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र काटेका थिए। यद्यपि, त्यसकाे चाैतर्फी विराेध भएपछि गृहमन्त्री रवि त्यस निर्णयबाट पछि हटेका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया