जन्मदिनमा एक करोड बराबरको जग्गा दान
धरान उपमहानगरपालिका-१४ विजयपुरका बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्मदिनको अवसरमा एक करोड रुपैयाँ बराबरको जग्गा दान गरेका छन्। उनले ९० वर्ष पुगेको अवसरमा आज प्राडा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरिरहेको ‘प्राडा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र देश सुब्बाले सञ्चालन गरिरहेको ‘भयवाद अध्ययन केन्द्र नेपाल’ लाई एक करोड रुपैयाँ बराबरको ११ धुर जग्गा प्रदान गरेका हुन्।

बिएल संवाददाता - धरान