
डिभीको नतिजा आउँदै
अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदैछ। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो।

बिएल संवाददाता - काठमाडाैं
अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदैछ। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र– ४ ले बलरामा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गरे।
बिएल संवाददाता - सर्लाही
बेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी- २० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
आज अपराह्न ५ः३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। यसअघि शुक्रबार अपराह्न ५ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो। प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची थियो।
बिएल संवाददाता - धनगढी
१९ वर्षीय किशाेरीले आफूलाई बलात्कार गरेकाे भन्दै दाेलखा घर भएका एमाले नेता ४५ वर्षीय विदुर शर्माविरुद्ध जाहेरी परेकाे प्रहरी वृत्त दरबारमार्गले जनाएकाे।
बिएल संवाददाता - काठमाडाैं
नेपालले वेस्ट इन्डिज ए विरुद्धको टि- २० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने करिब ७० जना अझै हराइरहेको सिभिल डिफेन्स एजेन्सीले शुक्रबार जनाएको छ।
बिएल संवाददाता - साओ पाउलो
टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो।
बिएल संवाददाता - काठमाडाैं
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यही वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिइयो।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सूचनाको हकले नागरिकलाई सशक्त बनाउनुका साथै सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार बनाउने बताए।
बिएल संवाददाता - काठमाडाैं
आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन। ‘पिपुल्स प्लाजा’ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई बुझाउँ’ अभियान सञ्चालन गर्दैआएको छ। उक्त पार्टीले राजस्वको दुरुपयोग तथा सीमा क्षेत्रका जनताले ल्याएका दैनिक उपभोग्य सामान जफत नगर्न भन्सार विभागदेखि प्रधानमन्त्री कार्यालयसम्मका कर्मचारीको ध्यानाकर्षण गराइरहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
यस वर्षको राष्ट्रिय आइसिटी अवार्डबाट डेटा हब प्रालि सम्मानित भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आइसीटी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्राइभेट सेक्टरतर्फ डेटा हबलाई सम्मान गरेको हो। डेटा हबले देशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्दै साना तथा ठूला कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ। यो कम्पनी देशको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक पनि हो। निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा कम्पनी स्थापना भएको थियो। यसको बुटवलमा डिजास्टर रिकभरी साइट पनि छ।
बिएल संवाददाता - काठमाडाैँ
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन्। बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सृजनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उनले सुर्तीको धुवाँमा विश्वमा बर्सेनि ४७ अर्ब उडिरहेकाले यसलाई रोक्न पनि अभियान थाल्नुपर्ने बताए। सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा बढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घरोग लाग्ने उनले बताए।
बिएल संवाददाता - भक्तपुर
नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ। पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेस्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको छ।
बिएल संवाददाता - काठमाडाैँ
हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ। घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद रु दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायतका सामग्री जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
बिएल संवाददाता - कञ्चनपुर
सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ। यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको बताए। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताए। उनले भने, ‘डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ।’
बिएल संवाददाता - काठमाडाैँ
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
मङ्गोलियामा अहिलेसम्म ५६ लाखभन्दा बढी पशुधन नष्ट भएको देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा)ले शुक्रबार बताएको छ। गएको जाडो मौसम र यस वसन्त ऋतुमा गम्भीर चिसोका कारण मरेका सबै पशुधनमध्ये लगभग ८० प्रतिशतको शव नष्ट भएको छ। यस्तो खालको जाडोलाई ‘जुड’ भनिने नेमाले एक विज्ञप्तिमा उल्लेख गरेको छ।
बिएल संवाददाता - उलानबाटोर
१ .
२ .
३ .
४ .
५ .