बुधबार, ०३ सेप्टेम्बर २०२५

काफ्ले र बस्नेतसहित ३ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता, ब्ल्याकमेलिङ र मानहानी गरेको आरोप  

पथरीशनिश्चरे नगर अस्पतालकी एक महिला स्वास्थ्यकर्मीले २०८० वैशाख ३ गते राजीनामा दिएकी थिइन्। काठमाडौँ बस्दै आएकी ती महिला अस्पतालले पथरीमा काम गर्दाका घटनाहरू बिर्सेर नयाँ यात्रा सुरु गरिसकेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

खडेरीले सुक्न थाल्यो मकै, वर्षाका लागि भ्यागुताको बिहे गर्दै किसान

‘सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर हुँदैन,’ उनले भने, ‘तर, ‘सिँचाइको सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ। उत्पादनमा ठूलो असर पुर्याउने सम्भावना छ।’

बिएल संवाददाता

बिएल संवाददाता - झापा

माधव नेपालको पार्टी पनि फुट्न लागेको हो? 

सत्ता साझेदारी गरेर पनि सत्ता गठबन्धनविरुद्ध नै बोल्दै हिँडेका माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादी पार्टीभित्र पनि विभाजनको चर्चा सुरु भएको छ। यद्यपि नेकपा विभाजनका बेला एमालेबाट छुट्टिएका नेता-कार्यकर्ताबीच यो पार्टीभित्र पहिलादेखि नै विवादहरू छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चोरले एक तोला सुन निलेपछि...

पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ। चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन्। उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - खजुरा

भारत-क्यानडा सम्बन्ध बिथोलिइरहेको ‘शिख’ आन्दोलन, नेपाल कसरी जोडिन्छ?

नेपालमा पनि शिख समुदायको बसोबास छ। धेरैजसो गुरुद्वाराहरू भएका स्थानमा सीख समुदायको बसोबास हुन्छ। नेपालमा सामानहरू ढुवानी र ब्यापारका लागि ट्रकसहितका केही शिख समुदायका मानिसलाई तत्कालीन राजा महेन्द्रले नेपाल भित्र्याएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अतिक्रमित जमिन खाली गराइने

लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा स्थानीय सरकार र प्रशासन मिलेर खाली गराइने भएको छ।  कोहलपुर नगरपालिकाको आयोजनामा आइतबार कोहलपुरमा भएको सर्वदलीय/सर्वपक्षीय बैठकमा अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साबिक कै अवस्थामा फिर्ता गराउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई परिपत्र गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - खजुरा

संरक्षण थालिएको ताल नै सुकेपछि...

बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो। तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो। तर अहिले तालमा पानी होइन कमिला डुल्छन्। गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो। तङ्ग्राम गाउँका शिरमा रहेको खोरताल संरक्षण गर्ने भन्दै आर्थिक वर्ष २०७९/८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएको थिए। त्यसपछि ताल पानीविहीन भएको स्थानीय गङ्गाबहादुर किसानले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

सात हजार पशुपन्छीको उपचार

कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार चार सय आठ पशुपन्छीको उपचार गरेको छ। आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपन्छीको उपचार गरेको हो। आयोजनाले पशु स्वास्थ्यका हिसाबले उपचार सेवा लिन टाढा रहेका वडा टीकापुर नगरपालिका–४ मौरनीया, वडा नं ७ दिव्यपुर, जानकी गाउँपालिका वडा नं २ बडरिया, वडा नं ६ जगतपुर र लम्की चुहा ७ चाङ्गावाणीमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमा उपचारसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - टीकापुर (कैलाली)

भूकम्पले क्षति पुर्याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

भूकम्पले क्षति पुर्याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ।  राष्ट्रिय पुरातत्व विभागले विनियोजन गरेको रु ३४ लाख ५९ हजारको लागतमा सो मन्दिर जीर्णोद्धार गरिएको अर्लाङ्दी मन्दिर लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ध्रुव खनालले जानकारी दिएका छन्। विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको उक्त मन्दिर पूर्णरुपमा क्षति भएको थियो। विभागले आर्थिक वर्ष २०७९/८० मा विनियोजन गरेको बजेटबाट मन्दिर जीर्णोद्धार गरिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता

नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री कामिकावा योको स्वदेश फिर्ता भएकी छन्। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण रहेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा जापानका विदेशमन्त्री योकोले शिष्टाचार भेटवार्ता गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ।  जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सब डिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सब डिभिजनअन्तर्गतका नौ, सिक्टा सब डिभिजनका १८, राप्तीसोनारी सब डिभिजजनका चार, कोहलपुर सब डिभिजनका २२ र शम्शेरगञ्ज सब डिभिजनको एउटा चक्ला वनसहित गरी कूल ७६ सामुदायिक वनमा डढेलो लागेको छ। बाँकेमा एक सयको हाराहारीमा सामुदायिक वन छन्।  

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ।  प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए। सो ऐनको दफा १३ को (५)लाई संशोधन गर्न अनुकूल देखिएकाले यस्तो निर्णय गरिएको उनले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - बागमती

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ह्वाइट हाउसको गेटमा गाडी ठोक्किएर चालकको मृत्यु

तीव्र गतिमा गइरहेको एउटा गाडी शनिबार राति ह्वाइट हाउसको गेटमा ठोक्किँदा चालकको मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन

चिनियाँ शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्यूयोर्कमा सम्पन्न

चिनियाँ भाषा सिकाउने सम्बन्धी २२औँ न्युयोर्क अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ। सम्मेलनमा संयुक्त राज्य अमेरिका, चीन, क्यानाडा, सिङ्गापुर र अन्य देश तथा क्षेत्रका सहभागीहरूले नवप्रवर्तन र दिगो विषयमा आफ्ना विचार राखेका छन्। चीनको साङ्घाई जिओ टोङ विश्वविद्यालयमा मानविकी विद्यालयका प्राध्यापक तथा डीनका सहायक वाङ जुनले भने, 'विश्वभरका विश्वविद्यालय के–१२ विद्यालय, शैक्षिक संस्था र चिनियाँ शिक्षकको संयुक्त प्रयासबाट अन्तर्राष्ट्रिय चिनियाँ शिक्षामा दिगो विकास र निरन्तर समृद्धि प्राप्त गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ।' के–१२ विद्यालय संयुक्त राज्य अमेरिका, क्यानाडा र केही अन्य देशमा शिक्षा र शैक्षिक प्रविधिमा प्रयोग हुने शब्द, कलेजअघि सार्वजनिकरूपमा समर्थित स्कूल ग्रेडहरूका लागि छोटो रूप हो। 

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

सुन तस्करीको रिपोर्टपछि भारतका शीर्ष अफगान कूटनीतिज्ञद्वारा राजीनामा

भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन तस्करी गर्दा विमानस्थलका अधिकारीहरूले पक्राउ गरेको केही दिनपछि राजीनामा दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

क्रिकेटर लामिछानेको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकियो

आजलाई उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आगामी जेठ १ गतेका लागि पेशी तोकिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

जसपाको पद विभाजन: केन्द्रीय अध्यक्ष राई, संघीय परिषद् अध्यक्ष श्रेष्ठ

जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई पराजति गरेको छ। आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जावलाई २८ रनले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उता रुसमा लडिरहेछन्, मरिरहेछन् अनि हराइरहेछन्, यता गुहार सुन्दैन सरकार 

श्रीमानको अवस्था बुझ्न कहिले त्रिपुरेश्वरको कन्सुलर विभाग, कहिले सिंहदरबार त कहिले बालुवाटरको रुसी राजदूतावास धाइरहेकी छिन्। उनी राजधानीमा सरकारका यी ढोका–ढोका धाउँदा पनि श्रीमानको अवस्था थाहा पाउन सकेकी छैनन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ