आइतबार, १४ सेप्टेम्बर २०२५

बागमतीको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

नेपालको संविधानको धारा १६० उपधारा (२०) बमोजिम प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाका सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

एक्सले ब्राजिलमा बन्द गर्‍याे आफ्नो कार्यालय

ब्राजिलमा रहेका आफ्ना कानुनी प्रतिनिधिलाई सेन्सरशिप आदेशहरूको पालना नगरेमा पक्राउ गर्ने धम्की दिएको आरोप लगाउँदै एक्सले ब्राजिलमा आफ्नो अप्रेशन बन्द गर्ने घोषणा गरको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थ मन्त्रालयका १५ सहसचिवको जिम्मेवारी हेरफेर, काे कहाँ?

दीपक लामिछानेलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई  ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन: अध्यक्ष प्रचण्ड

‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन। मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन। हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ। यो अपवित्र छ, यसको उद्देश्य गलत छ। पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन्। दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फोटो खिच्ने क्रममा बागमतीमा खसेर बंगलादेशका नागरिक बेपत्ता, खाेज्न गोताखोर परिचालन

फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा बेपत्ता भएका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति?

आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नै नागरिकलाई देश छोड्न स्विडेनले पैसा दिने!

स्विडेनका अध्यागमन मन्त्री मारिया मलमार स्टेनगार्डले प्रस्ताव प्रस्तुत गर्दै स्विडेनी संस्कृति मन नपराउने वा यहाँ आत्मसात गर्न नसकेकाहरूले स्विडेन छोड्न सक्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हावाहुरीका कारण झापामा क्षति

गएराति आएको हावाहुरीले ठुलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  हावाहुरीका कारण जताततै बिजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरू समेत ढलेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो

पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ। विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू ढोरपाटन घुम्न आउने क्रम बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

स्थानीयलाई धारिलो हतिहार प्रहार गर्ने एमालेका वडाअध्यक्ष पक्राउ

शनिबार राप्ती सोनारी गाउँपालिकाका वडा अध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्र वली नेतृत्वको समूहले विनौनामा स्थानीय युवा सन्दीप विष्टमाथि आक्रमण गरेका छन्। अध्यक्ष आफैंले स्थानीय युवालाई सामान्य विवादमा धारिलो हतियार प्रहार गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

चार संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाअन्तर्गतको चार वटा संसदीय समितिको बैठक आइतबार बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज कानून, महिला र पूर्वाधार समिति, महिला समिति, पूर्वाधार समिति र कृषि समितिको बैठक आज बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्दिरबाट फर्कने क्रममा चट्याङ लागेर एक जनाकाे मृत्यु

जुम्लामा एक जना पुरुषको चट्याङ लागेर मृत्यु भएको छ। चन्दननाथ नगरपालिका-२ बस्ने ४० वर्षीय धनसुर बुढाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साफ यू–२० च्याम्पियनसिप आजदेखिः उद्घाटन खेलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

परराष्ट्रमन्त्री राणा आज भारत जाँदै

परराष्ट्र मन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणमा जाने भएकी छिन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बडिमालिका मेला भर्न गएकी खड्काको उद्वार

सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा मेला भर्न गएका एकजनाको उद्धार गरिएको छ। अक्सिजनको कमीले बिरामी परेका अछामको चौरपाटी गाउँपालिका–५ लुङग्राकी अन्दाजी ६३ वर्षीया पवना खड्काको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

आजको मौसमः यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ