
टी–२० श्रृंखला : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा
ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ। क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ। ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ। उता सिरिजको तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा नेपालमाथि जित निकाल्र्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ।

बिएल संवाददाता - काठमाडौं