बिहिबार, ११ सेप्टेम्बर २०२५

शेयर बजारमा उछाल

मंगलबार कारोबार अवधिभरि सेयर बजार ११४.७० अंकले बढेको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बढेर २६२३.५६ बिन्दुमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्यूयोर्कमा ‘सार्क’ ब्यूँझाउने ओलीको प्रस्ताव मोदीले गरे अस्वीकार

राष्ट्रसंघीय महासभामा भाग लिन गएका प्रधानमन्त्री ओलीले गरेको राष्ट्र राष्ट्रहरूको विदेशमन्त्रीस्तरीय बैठकको प्रस्ताव भारतले अस्वीकार गरेको छ। प्रधानमन्त्री ओलीले त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि ‘साइड लाइन’ वार्ता गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१७ अर्बभन्दा धेरैको क्षति, कुन क्षेत्रमा कति?

उनका अनुसार सबैभन्दा धेरै कृषिक्षेत्रमा ६ अर्बको क्षति भएको छ। त्यस्तै खानेपानी संरचनामा ३ खर्ब ५५ करोड, सडक पूर्वाधारहरूमा २ अर्ब ५२ करोड, उर्जातर्फ ४ अर्ब, सिंचाइतर्फ २ अर्ब क्षति भएको उनले सुनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपदको सामना गर्न सरकार मानसिकरुपमा तयारै थिएन: प्रधानमन्त्री ओली

उनले भने, ‘यस प्रकारको वर्षा होला यसप्रकारको क्षति होला भन्ने अनुमान थिएन। हामी त्यसको पूर्वतयारीका लागि मानसिकरुपमा तयार पनि थिएनौँ। सधै हुनेगरेका विपत्तिहरूजस्तै लागेको थियो। विपत्ति कत्रो आउँछ भन्ने अनुमान भएन। पूर्व तयारी गर्दा गर्दै रोक्नसक्ने पनि हुँदैन। भूकम्प अनि कोभिडका बेला पनि त्यस्तै भयो। सोचेको भन्दा पनि अलि डरलाग्दो तरिकाले आयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छोड्न अदालतको आदेश

जिल्ला अदालत काठमाडौँले साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईंलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नक्खु बाढीपीडितले प्रचण्डसँग भने- संकटको सामना गर्न अभिभावकत्व गरिदिनुस्

डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरुले यस्तो आग्रह गरेका हुन्। ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुगेका अध्यक्ष प्रचण्डलाई पीडितहरुले जतिसक्यो चाडो पीडाबाट मुक्त गर्न आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

गृहमन्त्रीको ब्रिफिङ : सरकारले केही पनि नगरेको जसरी विरोध भयो

गृहमन्त्री लेखकका अनुसार नख्खु खोलामा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमालेकाे बैठकमा ओलीले गराए अमेरिका भ्रमणका उपलब्धिबारे जानकारी

मंगलबार बसेको संसदीय दलको बैठकमा बाढी पीडितहरुलाई राहतको व्यवस्था गर्ने र उनीहरुको पुर्नस्थापना गर्ने सन्दर्भमा छलफल भएको सांसद् सुनिता बरालले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकारले घुम्नमा एक करोड खर्च गर्नसक्छ तर सडक बनाउन एउटा डोजर किन्न सक्दैन’

अहिलेको सरकारप्रति सबैको गुनासो त छँदै तर युवा पुस्ताले सबैभन्दा बढी गुनासो गरिरहेको अवस्था छ। यस्तै अर्का यात्रु अनिल गुप्ताले सरकारले पहल गरेको भए धेरै दिनसम्म यात्रु यसरी अत्रपत्र नपर्ने बताए। उनले सरकारले कुनै हिसाबबाट पनि पहल गरेको भए यात्रुहरु आफ्नो आफ्नो घर पुगिसक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बर्दघाट-दाउन्ने सडक आज राति १० देखि भोलि बिहान ५ बजेसम्म बन्द हुने

जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना जारी गर्दै सोमबार भासिएको सडक मर्मत गर्न आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सहज रुपमा यातायात संचालन हुने अवस्था नरहेकोले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी भएको जानकारी दिएका छन्। यसबारे आज महासंघको बैठक बसेर निर्णय लिन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्याे सुनचाँदीकाे मूल्य, ताेलामा कति पुग्याे?

मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारको राहत कोषमा ५० लाख दिने एमालेकाे निर्णय

नेकपा (एमाले)को सचिवालय आजको बैठकले ५० लाख रूपैयाँ रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय आजपाको लुम्बिनी प्रदेश कमिटी विस्तार

लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा नारायण पाण्डे, उपाध्यक्षमा उदित प्रसाद कहार भगत, डा. उसमान अलि, शम्भु प्रसाद जयसवाल सचिवमा विध्या शर्मा, सहसचिवमा नागेश्वर पटेल, जहरुल कमर, मो.अनिश दर्जी, संदिप पटेल, महम्मद रफिक फाकेर र कोषाध्यक्षमा विमला विश्वकर्मा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

विभागले तिरायाे एभरेष्ट होटललाई तीन लाख जरिवाना

चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको संख्या बढाएको हो। सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमना गरिएको विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्चका न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान

मंगलबार समितिले सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका लागि उजुरी आह्वान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२० राजमार्ग अझै बन्द, हवाइ उडानमा ‘नयाँ रेकर्ड’

चारैतिर सडक यातायात अवरुद्ध भएपछि हवाईयात्रामा यात्रुको चाप बढेको छ। सडकहरू अवरुद्ध हुँदा महंगो हवाई उडानमा पनि त्रिभुवन विमानस्थलमा सोमबार रेकर्ड भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अपडेट: बाढीपहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

गत हप्ताको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ। विपद्मा परि २८ जना बेपत्ता छन्।  प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।  बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको तिवारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टी–२० श्रृंखला : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ। क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ।  ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ। उता सिरिजको तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा नेपालमाथि जित निकाल्र्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं