
चणिकलाल तामाङलाई प्रचण्डले गरे सम्मान
उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन्। तामाङले शनिबार ललितपुर महानगरपालिका- २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए।

बिएल संवाददाता - काठमाडाैँ