
भक्तपुरमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु
सूर्यविनायक नगरपालिका-९ स्थित पलासेमा टहरो बनाई बसेको ३ जनाकाे शुक्रबार बिहान माथिबाट खसेकाे पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएकाे हाे। मृत्यु हुनेमा कालिकोट स्थायी घर भक्तपुर बस्दै आएका २४ वर्षीया दमिला शाही, १४ वर्षीया मनिषा शाही र ४ वर्षीया प्रिया बम रहेका छन्। प्रहरीका अनुसार दमिला गर्भवती रहेकी थिइन्।

बिएल संवाददाता - काठमाडौं