मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

आज एमालेले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

जागरण सभा नाम दिइएको प्रदर्शनमा एक लाख हाराहारी मानिस उतार्ने एमालेको तयारी छ। प्रदर्शनमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा रहने एमालेले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज यी ठाउँमा वर्षादेखि हिमपातको सम्भावना

आज शुक्रबार देशका केही ठाउँमा वर्षादेखि हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ट्रम्पका तीन मनोनयनमाथि 'यौन मामिला', गेजले लिए नाम फिर्ता

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले मनोनयन गरेका रक्षामन्त्री हिसगेथ, शिक्षामन्त्री लिण्डा र महान्यायाधिवक्ता गेजमाथि यौन मामिलाका गम्भीर आरोप लागेका छन्। यसैबीच तीन मनोनयनमध्ये महान्यायाधिवक्तामा मनोनित गेजले अप्रत्यासित रूपमा आफ्नो नाम फिर्ता लिएका छन् । यसबाट ट्रम्पको समस्या केही कम भए पनि बाँकि दुईको भविष्यलाई लिएर उनको सकस कम भएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता -

यू– १९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको सिरिजको अन्तिम तथा पाँचौं खेलमा ७ विकेटको जित दर्ता गर्दै सिरिज नेपालले ३–२ ले जितेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कालीगण्डकी नदीमा आधारित आयोजनाप्रति ‘कालीगण्डकी बचाऔँ’ अभियानको विरोध

केही वर्षदेखि चर्चामा रहेको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत कालीगण्डकी नदीको पानी डाइभर्सन गर्ने, कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना– ६४० मेगावाटका लागि नदीलाई बाँध बाँध्ने, उपल्लो कालीगण्डकी आयोजना तथा नदी दोहनबारे सरकारको निर्णयविरुद्धको रिट खारेजीसम्बन्धी सर्वोच्च अदालतको निर्णयप्रति कालीगण्डकी बचाऔं अभियानले प्रेस विज्ञप्तिमार्फत बिरोध जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

२० मिटर खाेला मापदण्डमा सरकारको पक्षमा सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्डकाे विषयमा सरकारका पक्षमा आदेश दिएकाे छ। बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले सरकारको पक्षमा आदेश सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मातहतका निकायलाई प्रधानमन्त्रीको निर्देशन- भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस्

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ क्षमता र शक्तिलाई मौका दिनुपर्छ: मन्त्री खड्का

‘हामीसँग भएको जनशक्ति हेर्दा र १०–२० वर्ष काम गर्नुभएकाहरु हेर्दा, मूल्यांकन गर्दा पनि अहिलेको समयको विकास र प्रविधिको विकास हेर्दा यो परिवर्तनलाई आत्मसाथ गर्ने हो कि योग्यता हेरेर राख्ने तर अनुभवको कुरा गर्दा पुरानै तरिकाले अगाडि बढ्छौँ कि भन्ने लाग्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल एयरलाइन्सले घटायाे अन्तर्राष्ट्रिय हवाई भाडा

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सयसम्म छुट दिइएकाे छ। यसैगरी दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजारसम्म छुट दिइएकाे निगमले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शुल्क विवरण सार्वजनिक गर्न मेडिकल कलेज र सरकारी अस्पताललाई मन्त्रालयको परिपत्र

तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

करिब १७ प्रतशितले राजस्व वृद्धि,कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही

चालु वर्षको प्रथम चार महिनाको साउन, भदौ, असोज र कार्तिकमा ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व संकलन भएको छ। यो गत वर्षको यसै अवधिको राजस्व सङ्कलनको तुलनामा १६.८५ प्रतिशत वृद्धि बढी हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारविरुद्ध लड्न मधेसी जनता तयार छ: आजपा

मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगीविरुद्ध आजपाले यात्राको क्रममा आवाज उठाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

भारतीय सेनाका सेनापति द्विवेदीलाई मानार्थ महारथी प्रदान

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहकाबीच नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलले सेनापति द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली नेताहरुको जम्बो टोली किन पुग्याे कम्बोडिया?

आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका एमाले नेताहरुले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने हल्ला फिजाएका थिए। त्यसपछि लगत्तै नेताहरुको कम्बोडिया भ्रमण हुँदा सामाजिक सञ्जालमा चासो देखिएको थियो। प्रसाईं भने हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्रेटर नेपालका अभियन्ता नेपाल पक्राउ

शान्ति सुरक्षामा खलल पुर्‍याउने देखिएपछि उनलाई पक्राउ गरिएकाे काठमाडौँ प्रहरी परिसरले जानकारी गराएकाे छ। उनलाई केही दिनपछि छाडिने जनाइएकाे छ। यसअघि पनि उनी पटक–पटक पक्राउ पर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रेस काउन्सिलले भन्याे- मत सर्वेक्षण नगर्नू

काउन्सिलले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) र निर्वाचन आचारसंहिता, २०७९काे मापदण्डलाई उदृत गर्दै मत सर्वेक्षण र त्यसकाे प्रकाशनकाे मापदण्डलाई स्मरण गराएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१४ न्यायाधीशको सरुवा, काे कहाँ? (सूचीसहित)

जसअनुसार उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ भने उच्च अदालत तुलसीपुरकी न्यायाधीश रेखा पाण्डेलाई उच्च अदाल विराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

२०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खोला किनारकाे मापदण्ड खारेजीको माग गर्दै र्‍याली, बालेनलाई निषेध गर्ने चेतावनी (फाेटाे/भिडियाे)

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्‍याली निकालेको छ। बिहीबार ललितपुरको कुपण्डोल पुलबाट कंकेश्वरी मन्दिर परिसर इनाटोलमा भेला भएर माइतीघरसम्म खबरदारी र्‍याली गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य बढ्दा चाँदी स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो। बुधबार तोलाको १ लाख ६३ हजार रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार रुपैयाँमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं