बिएल संवाददाता
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्याली निकालेको छ।
बिहीबार ललितपुरको कुपण्डोल पुलबाट कंकेश्वरी मन्दिर परिसर इनाटोलमा भेला भएर माइतीघरसम्म खबरदारी र्याली गरिएको हो।
कार्यक्रममा सहभागी अभियान्ता राजाराम तन्दुकारले सहर सवारी साधनमैत्री होइन, जनतामैत्री हुनुपर्नेमा काठमाडौँ महानगरले जनताको नीजि सम्पत्तिलाई बिना मुआब्जा, बिना क्षतिपूर्ति हड्प्ने, डोजर लगाउनेजस्ता त्रासपूर्ण गलत कामहरु गरिहेको बताए।

उनले अहिले आफूहरुले खबरदारी मात्र गरेको भन्दै माग पूरा नभए काठमाडौँ महानगरका बालेन (बालेन्द्र) शाहलाई महानगर निषेध कार्यक्रम पनि घोषणा गर्ने चेतावनी दिए।
उनले भने, ‘सहर सवारीसाधन मैत्री होइन, जनतामैत्री हुनुपर्छ। जनताको नीजि सम्पतिलाई बिना मुआब्जा, बिना क्षतिपूर्ति हड्प्ने, डोजर लगाउने ,त्रास सृजना गर्ने कामहरु गलत भइरहेको छ। हाम्रो खबरदारी मात्र हो, भएन भने हामी यस्तो काम गर्ने प्रमुखहरुलाई कार्यालय प्रवेश निषेध गर्छौं। जस्तै बालेनलाई हामी काठमाडौं महानगर निषेध कार्यक्रम पनि घोषणा गर्नसक्छौँ।’
कार्यक्रममा सहभागीहरुले ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन, गैरन्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर,जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, आवास र सम्पत्तिको संवैधानिक हकको ग्यारेन्टी गर, निजी घरजग्गा माथि हस्तक्षेप बन्द गर’लगायतका प्ले कार्डहरु प्रदर्शन गरेर विरोध जनाएका थिए।






भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया