
बिएल संवाददाता
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय भाडादर घटाएकाे छ।
निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय भाडादरमा छुट दिइएको जनाएकाे हाे।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सयसम्म छुट दिइएकाे छ।
यसैगरी दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजारसम्म छुट दिइएकाे निगमले जनाएकाे छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएको कारण हवाई भाडा अत्यधिक बढेको गुनासोपछि भाडामा छुट दिइएको निगमका प्रवक्ता पौडेलले बताए।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १०घण्टा बन्द भएको कारण तत्कालीन अवस्थामा विभिन्न वायुसेवाहरुको हवाई उडानहरु कटौती भएको र सोही समयमा नेपाल गन्तव्य उच्च पर्यटकीय मौसम तथा नेपलीहरुको महान् चाडपर्व समेत परेकोले हवाई यात्रुको संख्या वृद्धि भएसंगै उडानहरुको माग वमोजिम आपूर्ति हुन नसकेको हालको अवस्थामा हवाई भाडा अत्याधिक बढेको भन्ने जनगुनासो रहेको सन्दर्भमा नेपाल वायुसेवा निगमकोे हवाई भाडादर बजार माग तथा आपूर्तिको सिद्धान्त बमोजिम निगमको जहाज र सिट संख्याको उपलव्धताको आधारमा गत वर्षको सोहि अवधीको भाडादरको दायरा भित्र नै रहेको छ’, उनले भने।
निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइएमा कडा कारवाही गर्नको लागि सप्रमाण जानकारी गराउन निगमले अनुरोध गरेकाे छ।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया