राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो अनुदारवादी दक्षिणपन्थी प्रशासनको महान्यायाधिवक्तामा मनोनयन गरेका म्याट गेजले मनोननय फिर्ता गरेका छन् । ट्रम्प बसोबास गरिरहेको फ्लोरिडा राज्यका कंग्रेस सदस्य गेजमाथि एक १७ वर्षीय बालिकालाई लागु पदार्थ खुवाएर यौन सम्पर्क गरेको अभियोग लागेको थियो । उनले ती किशोरीको मुख बन्द गराउन पटक पटक पैसा दिएका थिए ।
संसदको आचरण समितिमा एक द्विदलीय समितिले यसबारेमा अध्ययन गरेर गेज यौन काण्डमा संलग्न रहेको प्रमाण भेटाए पनि ट्रम्पको दबाबमा रिपब्लिकन बहुमत रहेको त्यो समतिले प्रतिवेदन सार्वजनिक नगर्ने पक्षमा मतदान गरेको थियो । तर, एकपछि अर्को गरेर प्रमाणहरू मिडियामा छरपष्ट भैरहदा गेज थप अप्ठ्यारोमा पर्दै गएका थिए । ट्रम्पले उनलाई सजिलो बनाउन संसदका रिपब्लिकन नेताहरूलाई आदेश दिएका थिए । तर, बुधबार संसदका रिपब्लिकन नेताहरूसँग कुरा गर्दा गेजले आफूलाी सहज महसुस गरेनन् ।उनले यसअघि संसदका रिपब्लिकन सभामुख म्याकर्थीलाई अपदस्थ गर्न नेतृत्व गरेकाले उनी म्याकर्थी खेमाका सांसदहरूको आँखाको तारो बनेका थिए ।
गेजले आफू निर्दोष भए पनि यो विवादले राष्ट्रपति निर्वाचित ट्रम्पलाई सहयोग नपुग्ने भन्दै राजिनामा दिएको बताए । ट्रम्पले पनि उनको यस 'महान' त्यागको सम्मान गरेको बताए ।
गेजको मनोनयन फिर्तासँगै ट्रम्पलाई विवादास्पद नामहरू मनोनयन गर्न नहुने शिक्षा मिलेको छ । ट्रम्पको मनोनयनमा रहेका गेज यौन काण्डमा फसेका एक मात्र व्यक्ति हैनन् । ट्रम्पले रक्षामन्त्रीमा मनोनयन गरेका पिट हिगसेथ र शिक्षामन्त्रीमा मनोनयन गरेका लिण्डा म्याकमहनमाथि पनि यस्तै गम्भीर आरोप लागेको छ । हिसगेथले क्यालिफोर्नियामा २०१७ मा गरेको गरेको एक यौन काण्ड बाहिर आएको छ भने लिण्डाले वालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया