आइतबार, २३ अगस्ट २०२६

विश्वको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको तटमा फेला

पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ। वैज्ञानिकहरुका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिड्नी

अष्ट्रेलियाका लागि पर्यटन दूतमा स्वतन्त्रप्रताप शाह नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्रप्रताप शाहलाई अष्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अष्ट्रेलियाको डढेलोमा मृत्यु र विस्थापित जनावरको संख्या ३ अर्ब !

डढेलो, खडेरी, बासस्थानको विनाश र ग्लोबल वार्मिङले अष्ट्रेलियाको अनौठा वन्यजन्तुको विनाश भइरहेको सरकारले सार्वजनिक गरेको एक प्रतिवेदनले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिड्नी

न्युजिल्याण्ड : सुटकेसभित्र दुई बालबालिकाको शव फेला

साउथ अकल्याण्डको एक भण्डारण एकाइमा परित्यक्त सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अकल्याण्ड

पाकिस्तानमा पोलियोका बिरामी बढे

पाकिस्तानमा पोलियोभाइरसका बिरामी बढेका छन्। यसवर्ष अहिलेसम्म पुष्टि भएका पोलियो भाइरसका सबै सङ्क्रमण देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागमा भेटिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामाबाद

२३९ वर्षपछि दि हेराल्डले पायो पहिलो महिला सम्पादक

पत्रिकाले क्याथरिन सालमोन्डलाई पहिलो महिला सम्पादक नियुक्त गरेको हो। उनले पहिले एडिनबर्ग प्रकाशन गृहबाट नै प्रकाशित हुने अन्य पत्रिका द स्कट्सम्यान र एडिनबर्ग इभनिंग न्युजमा लाइभ समाचार सम्पादकसहित वरिष्ठ भूमिका सम्हालेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - स्कटल्यान्ड

फिनल्यान्डकी प्रधानमन्त्रीको ड्रग टेस्ट नतिजा सार्वजनिक

प्रधानमन्त्री सान्ना मारिनले सम्भावित लागू औषध सेवन गरेको विषयलाई आलोचना भएपछि उनले त्यसबारे शंका हटाउन परीक्षण गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेलसेन्की

दुई वर्षपछि खुले फिलिपिन्सका विद्यालय

जोनास डोइने फिलिपिन्सको एउटा विद्यालयमा कक्षा ३ मा पढ्छन्। अझै पनि उनी कहिल्यै विद्यालय जान पाएका छैनन्। उनले कहिल्यै पनि हात उठाएर शिक्षकलाई प्रश्न सोध्न सोधेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

चुनाव, जनप्रतिनिधि र लेखा परीक्षण

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। पुराना अनुहारलाई बिदाइ र नयाँ अनुहारलाई स्वागत गर्ने दिन। देशभरका ७ सय ५३ वटा स्थानीय निकायले ६ हजार ७ सय ४३ वडाले एकैसाथ नयाँ नेतृत्व पाउने छन्। चुनावकाे केही दिनपछि जनताबाट सर्वाधिक मत प्राप्त गर्ने जनप्रतिनिधिले ५ वर्षको लागि स्थानीय सरकारकाे बागडोर सम्हाल्ने माैका पाउने छन्।

मिमबहादुर परियार

मिमबहादुर परियार - काठमाडौं

साेती घटना: अमेरिकाले सिरिया र रुसले युक्रेनमाथि हमला गर्दा देखिएकाे भन्दा दर्दनाक दृश्य

आजका दिनसम्म भेरीमा धेरै पानी बगिसकेको छ। तर पानीको हिसाब कसैले राखेन। बगी जाने पानीको हिसाब राख्न सायद सम्भव भएन होला र कसैले राखेन पनि। तर २०७७ साल यस्तो साल बनेर आयो- जुन साल भेरीमा पानी मात्र बगेन, पानीसँगै रगत पनि बग्यो।

महेश नेपाली

महेश नेपाली - जुम्ला

चेतनशील विभेदका पराकम्पनहरू

समय उही छ, परिस्थितिले प्रविधिको सहायतामा प्रशस्त प्रगति गरेको देखिन्छ। मानिसहरू मूर्त साक्षर भएका छन। विशिष्टिकृत मानिसले ठोस आर्थिक छलाङ मारेका छन। गाउँ/घरमा विकासका अश्रुग्यास छरिएका छन। लाभग्राहीहरू पिसाबको न्यानोमा समाजवादी ठट्टा गरिरहेछन। अछुरका चुस्की खोजेर नपाउनेहरू क्रान्तिकारी भाषणमा अहोरात्र खटिरहेका देखिन्छन। युवाहरू राजनीतिक कुशलता, बस्तुनिष्ठता, बैधता र स्पष्टताको खोजीमा देखिन्छन। महिलाहरू विभेद र हिंसाजन्य निर्मम गतिविधिका लागि लडिरहेका देखिन्छन र भनिरहेछन।

विष्णु उपरकोटी

विष्णु उपरकोटी - काठमाडौं

स्थानीय निर्वाचनको ‘डाइनामिक्स’

नेपालमा सम्पन्न स्थानीय निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको छ। मुलुक ‘निर्वाचनपछिको विश्लेषण’को चरणमा प्रवेश गरेको छ। विश्लेषण गर्नुपर्नेहरू विश्लेषण गरिरहेका छन्, पाठक/दर्शकहरू उनीहरूका विश्लेषण पढेर/हेरेर आ-आफ्नो कोणबाट रूजु/बेरूजु गरिरहेका छन्।

डा. प्रदीप भट्टराई

डा. प्रदीप भट्टराई - अमेरिका

प्रहरीलाई होस् वा अरुलाई अदालतले केवल न्याय नै त गर्छ

नेपाल प्रहरीको आइजीपी नियुक्तका सम्बन्धमा विचाराधीन मुद्दामा फेरि सुनुवाई हुँदैछ। यसैको सेरोफेरोमा रहेर यस मुद्दामा यो वा त्यो ढंगले चलखेल भएको वा हुने भनेर अनेकन आशंकायुक्त समाचारहरु पनि लेखिएका छन। मैल आफूले लेख्ने एक अक्षर पनि कोही कसैको आग्रह वा मेरो पूर्वाग्रहमा आधारित नहुने हुनाले पनि  म त्यसरी आइरहेका समाचारहरु लेख्ने पत्रकार वा संचार माध्यमको नियतमा सवाल खडा गर्दिनँ। म ठान्दछु कि उहाँहरुले लागेको कुरा वा पाएको सूचनाकै आधारमा समाचार लेख्नुभयो। तर, त्यसो भन्दै गर्दा पनि म के चाहिँ फेरि पनि मान्छु भने स्वत स्फर्त लेखिने हाम्रा लेखाइ, बुझाइ सही नहुन पनि सक्छन भने हामीलाई दिइने सूचना नै आग्रह पूर्वाग्रहबाट प्रेरित भएको पनि हुनसक्छ। जसले गर्दा सही नियतको बाबजुद पनि स्रोतले दिएको गलत सूचनामा विश्वास गर्दा तथ्यहीन समाचार प्रवाह भइरहेको हुन सक्छ।

राधाकृष्ण देउजा

राधाकृष्ण देउजा - काठमाडौं

माओवादी पदाधिकारीमा एमसीसीविरोधीको बर्चश्व: दबाबमा प्रचण्ड

उनले २१ सदस्यीय नयाँ पदाधिकारी चयन गर्दा आफूलाई द्वन्द्वकालीन सुप्रिमो ‘प्रचण्ड’ कै हैसियतमा कमाण्ड गर्दै सबैलाई पद बाँडे। पाउँनेले पनि नाइँनास्ती नगरी हात मुठ्ठी पारेर माथि उचाले र पदको सपथ लिए। 

जीवन डाँगी

जीवन डाँगी - काठमाडौं

पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालन हुने

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा रिवन काटेर सचिवालयको उद्घाटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लेवान्डोस्कीको गोलमा बार्सिलोनाको पहिलो जित

स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको दुई गोल प्रेरित बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई ४-१ अन्तरले पराजित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब म फर्केर आउने आश मारिदेऊ !

वर्षौंपछि उनका नाम कोरिएका डायरीका पानाहरू जलाउन खोज्दै थिएँ, आगोले भन्यो ‘उनका यादहरु मेटाउन पाना जलाएर हुँदैन दिल नै जलाउनुपर्छ।’ हो पनि- सूर्य, चन्द्रमा, तारालगायत दिन अनि दिन पछिको रात जस्तै छन् उनका यादहरु पनि। थाहा नै नपाइ आइरहन्छन्, कति निष्ठुरी उनका यादहरु! मैले भुल्न लाखौं, अनेकौं प्रयत्न गरिरहेको हुन्छु तर नदीलाई रोक्न खोजेर कहाँ सकिन्छ र? लगातार बगिरहन्छ। यसरी नै क्रमशः आहिरहन्छन् उनका यादहरु पनि।

बाल गोपाल देवकोटा

बाल गोपाल देवकोटा - काठमाडौं