बिएल संवाददाता
नेकपा (एमाले) पोलिटव्युरो सदस्य शेरबहादुर तामाङले राष्ट्रपतिको निर्वाचनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रस्तावक रहने गरी एमालेको उम्मेदवार राष्ट्रपति बस्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादीलगायत अन्य दलको सहमतिमा एमालेको उम्मेदवार राष्ट्रपति बन्ने उनले दाबी गरेका हुन्।
‘निर्वाचन आयोगले राष्ट्रपति र उप राष्ट्रपति निर्वाचन मिति तोकिसकेको छ। प्रधानमन्त्री प्रचण्डको प्रस्ताव राखेर एमालेको उम्मेदवार राष्ट्रपति बन्छ भने अन्य दलको समर्थन रहनेछ,’ उनले भने,‘सरकारमा सहमति भएको जसरी नेपाली काँग्रेस पनि राष्ट्रपतीको चुनाव सहभागी हुनेछ।’
मुलुकको समृद्धिका लागि सबै नेपालमा क्रिर्याशील दलहरु एक ठाउँमा आउनु पर्ने र पदभन्दा एजेण्डाका आधारमा राष्ट्रिय सहमतिमा जाने उनको भनाइ छ।
‘मुलुकको समृद्धि, विकास, राष्ट्रिय एकता र रोजगारीको सिर्जनाका लागि सबै दलहरु एक ठाउँमा आउनुहुनेछ। पदभन्दा पनि एजेण्डाका आधारमा राष्ट्रिय सहमतिमा लागिरहेका छौँ,’ उनले भने।
यता निर्वाचन आयोगले फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति तोकिएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया