बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांंसद तथा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले संघीय संसद भवन अगाडि आत्मादह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई मानवता र स्वास्थ्यकर्मी भएको आधारमा आइसियुमा भेट्न गएको प्रतिक्रिया दिएकी छन्। मन्त्री कार्कीले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी उक्त विषयबारे स्पष्टिकरण दिएकी हुन्।
गत मंगलबार प्रेमप्रसाद आत्महादकाे प्रयासपछि घाइते भएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकाे लागि भर्ना भएका उनलाई भेट्न मन्त्री कार्की आइसियुमै पुगेकी थिइन्।
उनले प्रेमप्रसादलाई भेट्न आइसियु छिरेकाे बेला नियमविपरीत भिडियाे खिचेर स्टन गरेकाे भन्दै चाैतर्फी आलाेचना भइरहेकाे छ।
साे कदमकाे आलाेचना भएपछि शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्री कार्कीले भनिन्,‘म आइसीयु कक्षभित्र रहँदा त्यहाँ मैले कुनै क्यामेराहरु देखिनँ। मैले कुनै क्यामेरा बोकेर गएको थिइन्ँ। त्यहाँ कसले कुन बेला मेरो भिडियो कैद गर्याे म यो कुरामा अनविज्ञ छु।’
मन्त्री कार्कीले आफूलाई सामाजिक सञ्जालमा ट्राेल बनाइएकाे भन्दै चित्त दुखाएकी थिइन्। त्यसअघि उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत पनि यसबारे लामाे प्रतिक्रिया दिएकी थिइन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया