बिएल संवाददाता
भोलि आइतबार प्रदेश तथा प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन हुँदैछ। चुनावी माहोलले उम्मेदवार र जनतामा उत्साह छाएको छ। उम्मेदवारहरु चुनाव जितेर देशको नेतृत्व गर्ने रङ्गीन सपनासहित संसद भवन छिर्न तम्तयार छन्। मतदाता सक्षम उम्मेदवारलाई विजयी बनाएर देशको भविष्य निर्धारण गर्ने घडीमा उभिएका छन्।
चुनाव मतदाताको लागि ठुलो अवसर हो, सक्षम उम्मेदवारलाई देशको नेतृत्व सुम्पने र अयोग्य उम्मेदवारलाई बिदा गर्ने। तर, देशका सयौँ युवालाई निर्णायक भूमिकाबाट उठाएर परिस्थितिले देशबाटै बिदा गरेकाे छ।
उनीहरु देशको चुनावी तामझामबाट अलगिए, हरियो पोसपोर्ट हातमा समाए र परिवारको पेट पाल्न टुप्लुक्क आँसुका ढिका जन्मभूमिमा खसाल्दै बिदाइका हात हल्लाए।
छाेएन उनीहरुलाई नेताका भाषणले, चित्त बुझेनन् उम्मेदवारहरु, लागेन उनीहरुलाई देशमा बसेर परिवारकाे पेट पाल्न सकिन्छ भन्ने अनि उम्मेदवारका घाेषणापत्र डस्विनमा मिल्काएर हरियाे पासपाेर्ट काखी च्यापेर बिदा भए, जन्मभूमिबाट।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया