बिएल संवाददाता
हिमाचल प्रदेशको पहाडी जिल्ला कुल्लू। जहाँ हिउँ र पानीले देश तथा प्रदेशका पर्यटक तानिन्छन्।
जाडो मौसम र वर्षादको समयमा देशका विभिन्न ठाउँबाट हजारौँ आन्तरिक पर्यटक पुग्छन्। तर, यसपल्ट भने कुल्लू अन्यत्र झैँ महामारीले थलिएको छ।
शिमला, कुफरी र कुल्लूलगायत स्थानको दृश्य मनमोहक थियो। जनवरीको भारी हिमपातले कतिपयको जनजीवन कस्टकर बनेकाे छ।
मौसम विभागले ‘हिउँपर्ने’ वा वर्षाद हुने पूर्वानुमानको जानकारी दिएसँगै हिमाचालको पहाडी मार्गमा लस्करै यात्रारत देखिन्छन्– आन्तरिक पर्यटक।
कुल्लू मनालीका होटल तथा कपडा व्यापारीहरूको अनुहारमा सबैभन्दा बढी रौनक हिउँ परेको समयमा झल्किन्छ। पर्यटकहरू ह्यात्तै बढ्छन् र स्थानीय व्यापारी राम्रो आम्दानी हुने गर्छन्।
दिउँ परेसँगै होटलबाट व्यवसायीहरूले मनग्य पैसा कमाएको होटल स्टेशन मनालीका अध्यक्ष अनुप ठाकुरले बताएका छन्। उनले भने, ‘अघिल्लाे साल होटेल व्यवसाय राम्रो भएन। पर्यटक नै आएनन्। आशा गरौँ याे साल राम्रो हुनेछ।’

अघिल्लो वर्ष जस्तो पटक्कै छैन, कुल्लू। यहाँको बजारी क्षेत्र मात्रै होइन, गाउँमा सुनसान छ। कोरोना त्राशले हिमाचलका प्रायः पर्यटकीय स्थल लामो समयदेखि बन्द छन्।
देश तथा विदेशबाट घुमफिरको लागि पुग्ने जो–कोही पर्यटक पनि कुल्लूको दृश्यले मोहित हुने स्थानीयहरू बताउँछन्।
कुल्लूमा नेपाली नै नेपाली
हिमाचलका गाउँ–गाउँमा नेपालीहरू भेटिन्छन्। उनीहरू रोजगारीको लागि यहाँ आएका हुन्।
स्याउ र आलुको राम्रो उत्पाद हुने यसक्षेत्रमा अघिल्लो वर्ष नेपाली नै नेपाली भेटिन्थें। तर, कुल्लूका गाउँबस्तीमा अहिले पनि फाटफुट नेपाली काममै छन्।
यो वर्ष कोरोना महामारीका कारण नेपाली कामदार यहाँ आएनन्। उनीहरूको अभाव महसुस भइरहेको व्यापारीहरू बताउँछन्।
कतिपय नेपाली घुम्नका लागि समेत यहाँ आउछन्। उनीहरू दुईहप्ता बस्छन् र मजैले रमाएर फर्किन्छन्। दिल्ली, मुम्बई, गुजारात र दक्षिण भारतीयहरू चिसोस्थानमा चियाको चुस्की र हिउँको मजा लिन पाउँदा खुशी देखिन्छन्। तर, योपल्ट उनीहरू कमै–कमै भेटिएकाछन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया