बिहिबार, २८ अगस्ट २०२५

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङेको राजीनामा स्वीकृत

रोजेको मन्त्रालय नपाएको भन्दै मन्त्री पदबाट राजीनामा दिएका गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेको राजीनामा स्वीकृत भएको छ। सोमबार साँझ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा स्वीकृत गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

मलेसियाका प्रस्तावित राजदूतले भने- अफ्ठ्यारो ठाउँमा जाँदैछु, थाहा छैन कति टिक्न सक्छु

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मलेसियामा बिचौलियाहरू भएका कारण आफूलाई टिकेर काम गर्न कठिन हुने भन्दै श्रम नीतिअन्तर्गत राज्यले सहयोग गर्न सकेमा सहज हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रधानमन्त्रीज्यु,कार्यकर्तालाई सामन्य ज्ञान दिएर राजनीतिमा लगाउनू, नत्र तपाईंजस्तै अरुको इशारामा चल्नुपर्ला’

‘प्रधानमन्त्री खडक प्रसाद ओलीज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामन्य ज्ञान दिएर राजनितिमा लगाउनु होला। पछि यस्तै ज्ञान बिहिन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरु को इशारामा चल्ने हुनुपर्ला’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब झारपात मन्त्री होइन, सिधै मुख्यमन्त्री बन्छु: दीपक मनाङे

उनले वन मन्त्रालयमा कुनै पनि काम नहुने र त्यससँग सम्बन्धित कामहरु कर्मचारीबाटै हुने भएकोले मन्त्री भएर बजेट खर्च गर्नु उचित नहुने बताए। उनले अब कुनै मन्त्री नबन्ने, सिधै मुख्यमन्त्री बन्ने ठोकुवा गरे। ‘अब यस्ता वनमारा, झारपात स्याहार्ने मन्त्री बन्दिनँ, सधै मुख्यमन्त्री बन्छु,’ मनाङेले यति भनेपछि फोन काटे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकी सरकारमा एमाले सहभागी, नवनियुक्त ४ मन्त्रीले लिए शपथ

एमालेबाट पद्मा जिसी श्रेष्ठ कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री, कृष्ण पाठक स्वास्थ्यमन्त्री, मित्रलाल बस्याल उद्योग तथा पर्यटनमन्त्री र प्रकाशबहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरुले सोमबार दिउँसो शपथग्रहण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

८०-८५ जना मलामी गएका थिए तर किन चार जनाले मात्रै बाेके शव?

उनले भनेका छन्, ‘हामी राजनीति गर्नेले के भनेर राजनीति गरिरहने हो गाउँमा मलामीसम्म जाने मान्छे छैनन् अनि अर्को कुरा हाम्रो समाज कुन संस्कार मान्दैछौँ मान्छे मर्दा पनि जातभातको कुरा गर्ने अशिक्षित समाजसँग सरै लज्जित छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानमा ६० करोड ऋण लगानी गर्ने

मन्त्रालयले संस्थानमा ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको हाे। दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो

आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ। उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाँकेको नरैनापुरमा झाडापखाला, एकैदिन चारजनाको मृत्यु

उनका अनुसार गाउँका अरु १० जनाजति बिरामीको उपचार भइरहेको छ। आइतबारदेखि नै गाउँमा थप स्वास्थ्यकर्मीहरू बोलाएर गाउँलेको उपचार भइरहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज बुवाको मुख हेर्ने दिन

आजको दिन बुबालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशीर्वाद लिने प्रचलन छ। छोराछोरीहरूले आफ्ना बुबालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालेन साहलाई एमालेकाे ७ बुँदे ज्ञापनपत्र, निजी सम्पत्तिमाथि हस्तक्षेप अन्त्य गर्न माग

काठमाडौँ महानगर क्षेत्रभित्र नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दाँया बाँया छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने निर्णयविरुद्ध आइतबार एमाले काठमाडौँ जिल्ला कमिटीले मेयर बालेनलाई ज्ञापनपत्र बुझाएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान स्वीकृत गर्ने सरकारकाे निर्णय

बैठकले बहुक्षेत्रीय घोषणा पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करीव तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक्लोपनको सिकार बन्दै जापानीज, ६ महिनामै ३७ हजारले गुमाए ज्यान (भिडियाे)

मृत फेला पर्नेमा करिब ४० प्रतिशत मानिसको शव एकै दिनमा फेला परेको थियो। यस्तै ३ हजार ३ सय ९३ जनाको शव एक महिनापछि मात्र फेला परेको र १ सय ३० जनाको शव एक वर्षपछि फेला परेको जापान प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनलई उल्लेख गर्दै बीबीसीले लेखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रकाश तामाङले घरमै पाए नागरिकता

आइतबार प्रशासनका अधिकारीले उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर उनलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्याय परिषद्मा नेपाल बारको धर्ना

उनीहरुले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्नुपर्ने, गैरसंवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्ने र न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्नुपर्नेलगायतका माग राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो : प्रचण्ड

प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

ब्राजिलमा नेपालीलाई ‘प्रवेश निषेध’,  अब कसरी छिर्लान् अमेरिका? (भिडियो)

पछिल्लो डेढ वर्षको एउटा तथ्याङ्कअनुसार ब्राजिलमा शरण माग्ने ८ हजार ३०० मध्ये १ हजार ९ सय जना नेपाली भेटिएका छन्। यो संख्याबारे ब्राजिलले सम्बन्धित देशका सरकारी निकायहरूसँग पुष्टि गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

खुल्यो नारायणघाट–मुग्लिन सडक

रूख ढलेर अवरुद्ध भएको नारायणघाट–मुग्लिन सडक खुलेको छ। प्रहरीले ढलेको रूख हटाएपछि सडक साढे १० बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ