प्रधानन्यायाधीश नै अल्पमतमा परेपछि ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर
बुधवार अन्तिम फैसला सुनाउनका लागि बिहानैदेखि न्यायाधीशहरू छलफलमा जुटेका थिए। दिनभरको छलफलमा पनि निर्णय टुङ्गो नलागेपछि उनीहरूबीच राय बाझिएको थियो। उक्त नियुक्ति सदर गर्ने पक्षमा नरहेका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदी अल्पमतमा परेपछि बहुमतले नियुक्ति सदर भएको हो। संवैधानिक इजलासका पाँच सदस्यमध्ये वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र कुमार चुँडालले रिट खारेजीको पक्षमा राय लेखेका थिए।
बिएल संवाददाता - काठमाडाैं