आइतबार, ०१ मार्च २०२६

नेपालले हरायो हङकङलाई

युगान्डामा भइरहेको वुमन्स डे टी-२० कपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई हराएकाे छ। शुक्रबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो। हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सशस्त्रका सईमाथि बालिका बलात्कारको आरोप, स्थानीयले घेरे प्रहरी पोस्ट

महोत्तरीमा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ।लोहारपट्टी नगरपालिका–४ पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत सिंहले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले अहिले सशस्त्र प्रहरी पोस्ट घेराउ गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महाेत्तरी

नेकपा एसले गर्‍यो आन्दोलनको घोषणा

नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ। शुक्रबार साँझ ५:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बाेलाइएकाे प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुन अहिलेसम्मकै महंगाे, कति पुग्याे ताेलाकाे?

नेपाली बजारमा  हालसम्मकै सुनकाे उच्च मूल्य कायम भएकाे छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबार सुनकाे मूल्य १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जन्मसिद्ध नागरिकताको खारेज गर्ने’ ट्रम्पकाे जिद्दी, सर्वाेच्च अदालतमै अपिल

सर्वोच्च अदालतले पहिलाको आदेश खारेज दिएमा अबका दिनदेखि अमेरिकाले त्यो भूमिमा जन्मिएकै आधारमा नागरिकता दिने छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धरतीमा ‘बसाइँ’ सकियो!

‘बसाइँ’ नेपाली साहित्यमा सबैभन्दा चर्चित उपन्यास हो। यही उपन्यासबाट लीलबहादुर क्षेत्री नेपाली साहित्यकाशमा चम्किन पुगे। नेपाली पाठ्यक्रमहरूमा समेत समावेश गरिएको यो उपन्यास कुनै बेला सबैभन्दा धेरै बिक्री हुने किताब भएको थियो। अँग्रेजी भाषामा समेत अनुदित यो उपन्यासमाथि चलचित्र समेत बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रुस युद्ध रोक्न तयार छ’ पुटिन भन्छन्, ‘तर केही शर्तहरू छन्’

‘रुसले अमेरिकी प्रतिनिधिहरूसँग पनि वार्ता गर्नेछ। र आवश्यक परे म आफैले ट्रम्पसँग पनि कुराकानी गर्नेछु’ उनले भनेका छन् ‘हामी यो युद्ध बन्द गर्न चाहन्छौं। तर ३० दिनमात्रै होइन दीर्घकालीनरुपमा शान्ति स्थापनाका लागि युद्ध समाप्त होस्। त्यसकै लागि हामीले यो युद्ध र संकटका मूल समस्याको समाधान खोजिरहेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेसमा ‘नक्कली’ अस्पताल र नक्कली ‘डाक्टर’काे बिगबिगी

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विभिन्न जिल्ला पुगेर आफै अस्पतालहरू अनुगमन गर्छन् र ‘अन द स्पट’ कारबाहीको निर्देशन दिँदै आएका छन्। केही महिनायता तराई-मधेसका सयौं अस्पतालहरू उनले बन्द गर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

होलीमा पनि छोडेनन् ओलीलाई

वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाए। विगतका बर्षहरू भन्दा यस बर्षको होली बढी सभ्य देखिएको छ। तर बसन्तपुर क्षेत्रमा होली खेल्न आएका युवाहरूले उछृंखल नारा पनि लगाउन भ्याए। उनीहरूले केपी ओली विरुद्ध र बालेन शाहको पक्षमा नारा लगाएका थिए। उनीहरूले ‘केपी चोर देश छोड’को नारा लगाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

के गर्न खोज्दैछ सरकार ! किन पछि हटे राजा ?

पूर्वराजा ज्ञानेन्द्र शाह स्वयं भने तत्कालै अर्को कार्यक्रम वा कार्यक्रममा सहभागी हुने तयारीमा नरहेको दरबार निकट स्रोतले ब्रेकएनलिंक्स नेपालीलाई जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बसन्तपुरमा होलीको रौनक (फोटो फिचर)

काठमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ। विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका क्षेत्र होली मनाउने स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको छ। होली खेल्नका लागि युवायुवतीदेखि ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजालाई अशोक राईको सुझाव- पार्टी खोलेर प्रतिस्पर्धामा आउनु

उनले राजावादीहरूले काठमाडौंमा गरेको प्रर्दशनबाट विचलित हुनुपर्ने अवस्था नरहेको बताउदै लोकतन्त्रकै सुन्दरता भनेको लोकतन्त्रमा विरोध गर्ने सबैको अधिकार रहेकोले यसबाट विचलित हुनु नपर्ने बताए। अध्यक्ष राईले जनताले खोजेको जस्तो संघीयता आउन नसकेको स्वीकार गर्दै जे जस्तो भएपनि संघीयतालाई बचाउनुपर्ने अवस्था रहेको र राजतन्त्र ल्याउन खोज्ने संघीयता विरोधी रहेको बताए। अध्यक्ष राईले छिटै नै प्रतिनिधिसभाले निजामती सेवा ऐन पास गर्ने जानकारी दिए। उनले बर्खे अधिवेशनमा सो ऐन पास हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे। त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐन समितिमा छलफलको लागि गएको र यो ऐन पास भएपछि संघीयताको वास्तविक अभ्यासको थालनी हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

घण्टीघरमा रास्वपाको होली

‘होली न्यायको प्रतिक पर्व हो। अन्याय गर्नेहरू अन्याय गरिरहन चाहन्छन्। तर कुनै एउटा क्षण आउँछ अन्याय सकिएर न्यायको सुरुवात हुन्छ। होली त्यसैको प्रतिबिम्व हो। अहिलेको राजनीतिक परिवेशमा सभापतिमाथि कानूनी हतियार प्रयोग भएर मुद्दाहरू चलिरहेको छ। त्यो एकप्रकारको अन्याय हो। सरकारले एउटा व्यक्तिलाई एउटा मुद्दाले हुने ठाउँमा १८ वटा मुद्दा लगाएर जिल्ला जिल्ला घुमाइरहेको छ। त्यो एउटा अन्याय हो। त्यसैले अन्याय विरुद्ध लड्न होलीले प्रेरणा दिन्छ र न्याय दिने काम गर्छ।’ यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले होलीलाई गौरवका रुपमा मनाउनुपर्ने बताए। आगामी पुस्ताले पनि यो पर्वलाई गौरव गर्नेगरी मनाउनुपर्नेमा जोड दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घण्टीघरमा रास्वपाको होली

‘होली न्यायको प्रतिक पर्व हो। अन्याय गर्नेहरू अन्याय गरिरहन चाहन्छन्। तर कुनै एउटा क्षण आउँछ अन्याय सकिएर न्यायको सुरुवात हुन्छ। होली त्यसैको प्रतिबिम्व हो। अहिलेको राजनीतिक परिवेशमा सभापतिमाथि कानूनी हतियार प्रयोग भएर मुद्दाहरू चलिरहेको छ। त्यो एकप्रकारको अन्याय हो। सरकारले एउटा व्यक्तिलाई एउटा मुद्दाले हुने ठाउँमा १८ वटा मुद्दा लगाएर जिल्ला जिल्ला घुमाइरहेको छ। त्यो एउटा अन्याय हो। त्यसैले अन्याय विरुद्ध लड्न होलीले प्रेरणा दिन्छ र न्याय दिने काम गर्छ।’ यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले होलीलाई गौरवका रुपमा मनाउनुपर्ने बताए। आगामी पुस्ताले पनि यो पर्वलाई गौरव गर्नेगरी मनाउनुपर्नेमा जोड दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

होलीको रंगले श्वासप्रस्वासमा असर पुर्‍याउँछ– डा. अमृता श्रेष्ठ

जथाभावी रंगहरू लगाउने प्रवृतिले छालामा विभिन्न किसिमका समस्याहरु देखिने हुनाले विषेश ध्यान दिएर मात्र होली खेल्न छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ डा.अमृता श्रेष्ठले सुझाव दिएकी छिन्।  उनले होलीमा खेलिने रङहरुले छालामा एलर्जी गराउने, चिलाउने मात्र नभएर स्वासप्रस्वास सम्बन्धि समस्यासम्म देखिने जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वसन्तपुरमा होलीको रौनक (तस्बिरहरू)

काठमाडौं उपत्यकासहित आज पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमा मनाइँदै छ। बिहानैदेखि काठमाडौंमा एकअर्कालाई रङ लगाएर होली मनाइरहेका छन्। सोहीअनुसार काठमाडौँको बसन्तपुरमा विदेशी पर्यटकहरूले पनि होली पर्व उत्साहका साथ मनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री ओलीलाई सर्वोच्चको सफाइ

प्रतिनिधि सभा विघटनको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन अवस्थामा ओलीले टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर अभिव्यक्ति दिएको आरोपमा सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर भएको थियो। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ०७७ माघ १३ गते अवहेलनाको निवेदन दायर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हाेलीमा रंगियाे पाटन, रम्दै पर्यटक (तस्बिरहरू)

फागुन पुर्णिमा अर्थात हाेली। आज काठमाडाैँ उपत्यकासहित पहाडी जिल्लामा हर्षाेल्लासका साथ मनाइँदैछ। होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। हाेलीमा स्वदेशी तथा विदेशी पर्यटकहरूले एकआपसमा रङ्ग साटेर मनाइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फागुन २५ पछि पूर्वराजा आराममा, दरबारबाट तत्काल छैन कुनै कार्यक्रमको तयारी

वर्तमान व्यवस्थालाई नै चुनौती दिनेगरी भएको राजाको स्वागतलाई गणतन्त्रवादी दलहरू र सरकारले स्वभाविक रुपमा पक्कै लिएका छैनन्। दलहरू र सरकारका मन्त्रीहरू पूर्वराजालक्षित एकपछि अर्को अभिव्यक्तिहरू दिँदै हिँडेका छन्। राजतन्त्र पक्षधरहरूले चैत महिनामा फेरि विशाल जनप्रदर्शन गर्ने तयारी गरेको छ। विशेषतः राप्रपाले आयोजना गर्न लागेको कार्यक्रममा सबै राजतन्त्रवादीहरूलाई समेट्ने प्रयास गरिने राप्रपाले जनाएको छ। तर, पूर्वराजा ज्ञानेन्द्र शाह स्वयं भने तत्कालै अर्को कार्यक्रम वा कार्यक्रममा सहभागी हुने तयारीमा नरहेको दरबार निकट स्रोतले ब्रेकएनलिंक्स नेपालीलाई जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं