बिएल संवाददाता
निवर्तमान परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छन्।
विद्यालय अभिभावक बैठकमा राणाले काठमाडौं र ललितपुरको दुवै स्कूलबाट राजीनामा दिएकी हुन्।
जेन–जी आन्दोलनमा निशानामा परेपछि युलेन्सले नयाँ ढंगबाट विद्यालय सञ्चालन गर्ने योजना बनाएको छ। युलेन्स स्रोतका अनुसार अब अभिभावकाबाटै ट्रष्टी छान्ने, रुको १५ वर्ष संस्थापक ट्रष्टी, त्यसपछि अभिभावक र त्यसपछि अल्मुनाइलाई ट्रष्टीले स्कूल चलाउने रोडम्याप बनाएर काम भइरहेको बताइन्छ।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनमा ‘आरजु राणाको लगानीमा सञ्चालनमा रहेको नेपालकै महँगो विद्यालय’ भन्दै युलेन्स स्कुलमा आगजनी गरिएको थियो। यद्यपि आरजु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन्।
स्कुल पूर्ण रुपमा ध्वस्त भएपछि हाल अनलाइन कक्षाहरू सञ्चालन गरिएको छ। कक्षा १० देखि १२ र आईबी कक्षा दशैंपछि भाडाकै भवनबाट भए पनि भौतिक रुपमा (फेस टु फेस) संचालन गर्ने तयारी छ।
४ महिनाभित्र सबै कक्षाहरू भौतिक रुपमै सञ्चालन गरिने विद्यालयले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया