मङ्गलबार, १८ नोभेम्बर २०२५

न्युयोर्कस्थित केही नेपाली व्यवसायीमाथि ‘जेन–जी’को आरोप: श्रमिक शोषण, प्रशिक्षणको नाममा निःशुल्क काम

बिएल संवाददाता

बिएल संवाददाता

न्युयोर्क
News Image
• • •

न्युयोर्कमा रहेका नेपाली विद्यार्थी तथा कागजपत्रविहीन युवाहरूले केही नेपाली व्यवसायीमाथि श्रम शोषण गरेको आरोप सार्वजनिक गरेका छन्।

युवाहरूका अनुसार, कतिपय व्यवसायीहरूले ‘ट्रेनिङ’ भन्ने नाममा एक–दुई हप्ता १६–१६ घण्टा काम लगाउने तर कुनै पारिश्रमिक नदिने गरेका छन्। कतिपय अवस्थामा त निकालेर अर्को नयाँ युवालाई पुनः सोही तरिकाले शोषण गर्ने गरेको उनीहरूको दाबी छ।

एक विद्यार्थीले भने, “हामीलाई एक हप्ता ट्रेनी भनेर काम लगाइयो तर अन्तमा तलब दिनै परेन। त्यसपछि ‘तिमीले काम गर्न सक्दैनौ’ भन्दै निकालियो।”

त्यसैगरी, कागजपत्रविहीन एक युवाले गुनासो गर्दै भने, “हामीलाई रातभर १६ घण्टा काम लगाइन्छ। तर ज्याला भने १ देखि ५ डलर मात्रै दिइन्छ, जसले यातायात र खाना खर्चसमेत धान्न सक्दैन।”

 
जेनजी पुस्ताका प्रतिनिधिहरूले भने, “यदि यस्ता व्यवसायीहरूले आफ्नो व्यवहार सुधारेनन् भने हामीले उनीहरूको नाम सार्वजनिक रूपमा अनलाइनमार्फत् प्रकाशित गर्नेछौं। श्रमिकलाई शोषण गर्ने व्यवसायलाई समुदायले स्वीकार गर्दैन।”

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!