बिएल संवाददाता
                                नेपाली काँग्रसले दण्डहीनतालाई प्रोत्साहन गर्दै प्रतिशोधको राजनीति नगर्न अन्तरिम सरकारलाई कडा चेतावनी दिएको छ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जेननीको आन्दोलनका क्रममा अराजकता मच्चाउनेहरूलाई सरकारको निर्देशनमा छोडिएको भन्दै त्यसप्रति गम्भिर आपत्ति जनाएका हुन्। त्यस्तै उनले विभिन्न राजनीतिक दलहरूप्रति सरकारले राजनीतिक प्रतिसोध साँधेर केही नेताहरूको पासपोर्ट रोक्का गरेको पनि जनाएका छन्।
‘प्रदर्शनका क्रममा भएका घटनाको छानविन गर्न सरकारले न्यायिक छानविन आयोग गठन गरेको कुरा स्वागत योग्य छ तापनि राजनैतिक प्रदर्शनको आवरणमा गरिएको नियोजित र निर्देशित योजनावद्ध आगजनी गर्ने, राजनीतिक दल र दल विषेशका नेताहरुमाथी बदलापूर्ण, प्रतिसोध लिने उद्देश्यले छानी छानी खोजीखोजी आक्रमण गर्ने उनीहरुका कार्यालयहरु त्यसै गरि तोडफोड, लुटपाट र आगजनी गर्ने, सुरक्षाकर्मीको हातहतियार र वर्दी लुट्ने अनि सोही वर्दी लगाई हात हतियार वोकेर आतङ्क फैलाउदै हिडेको अवस्थामा देखिएका भेटिएका व्यक्ति उपर प्रचलित कानून वमोजिम कुनै खोजतलास नगर्ने, कानूनी कार्बाही नगर्ने भन्ने आसयको गृहमन्त्रालयबाट जारी गरिएको विज्ञप्ति र सोहि विज्ञप्तिको आधारमा गरिएको परिपत्रले संवीधानवाद, कानूनी राज्य र विधीको शासनको धज्जी उडाएको छ। यसरी पिडितलाई आतङ्कित गर्ने र सप्रमाण भेटिएका अपराधीहरुलाई उन्मुक्ति दिदै जाने सरकारको निति हो भने नेपाली जनताका लागि कदापि स्विकार्य हुने छैन’ विज्ञप्तिमा भनिएको छ।
त्यस्तै उनले नेताहरूको पासपोर्ट रोक्का गरिएकोप्रति पार्टीको गम्भिर असहमति र आपत्ति पनि प्रकट गरेका छन्।
‘सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गर्ने र आफ्नै मुलुक भित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनैतिक प्रसिशोध प्रष्टै देखिनेगरि निर्णय गर्न थाल्नुले यो सरकार आफ्नो तोकिएको जिम्मेवारी पुरा गर्ने र मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने भन्दा अर्कै वाटो हिड्न खोजेको देखिन्छ’ विज्ञप्तिमा भनिएको छ ‘तसर्थ दण्डहिनतालाई प्रोत्साहन र दलहरु प्रति प्रतिसोधपूर्ण राजनीति नगर्न नेपाली कांग्रेस यो अन्तरिम सरकारलाई सचेत गराउँदछ।’
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया