एनआरएनएका संस्थापक उपेन्द्र महतोलाई प्रमुख संरक्षकबाट बर्खास्त गरिएको छ ।
नवनिर्वाचित एनआरएनए कार्यसमितिको पहिलो बैठकले उनलाई प्रमुख संरक्षकबाट हटाएको हो । महासचिव डा. हेमराज शर्माले जारी गरेको प्रेस विज्ञप्तीले पुष्टि गरेको छ । यसअघि भवन भट्टको कार्यकालमा प्रमुख संरक्षक रहेका उनको नाम हटाइनु एक किसिमले बर्खास्त गरिनुजस्तै हो ।
प्रेस वक्तव्यमा संस्थापक अध्यक्ष डा. महतोलाई संघको उच्च वरियतामा राख्ने पनि भनिएको छ । संस्थापक अध्यक्ष यसै पनि उच्च वरियतामा हुने भएकाले यसको कुनै अर्थ नहुने एनआरएनका अगुवाहरू बताउँछन् ।
पूर्वअध्यक्ष शेष घलेलाई प्रमुख संरक्षक बनाएर गठन गरिएको नयाँ संरक्षक परिषदका संरक्षकमा जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट र रामप्रताप थापा रहेका छन् । उनलाई संरक्षक परिषदमा पनि समेटिएन ।

एनआरएनका सबै पूर्वअध्यक्ष अटाएको समितिमा संस्थापक अध्यक्ष नै नअटाउनुलाई रहस्यमय तरिकाले हेरिएको छ । अझ रामप्रताप थापा त पूर्वअध्यक्ष पनि हैनन्, उनी पूर्व उपाध्यक्ष मात्र हुन् ।
संस्थापक अध्यक्ष महतोले एनआरएनमा राजनीति हाबी भएको भन्दै यसपटकको विश्व सम्मेलन नै बहिस्कार गरेका थिए । उनी राजनीतिक विचारका आधारमा प्यानल बनाएर चुनाव लड्ने कुरासँग सहमत थिएनन् । उनले यसो गर्दा चुनाव जित्नका लागि पैसाको खोलो बग्ने र एनआरएन अभियान अरू विभाजित हुने तर्क अघि सारेका थिए ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया