अछामको रामारोशन गाउँपालिका–५ मा रहेको कैलाशखोला प्रथम लघु जलविद्युत् परियोजना अवरुद्ध हुँदा ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । गत असोज २८ गते राति परियोजनाको बाँध भत्किएपछि विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।
विसं २०५६ देखि सञ्चालनमा रहेको विद्युत् आयोजनाबाट विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध हुँदा स्थानीयलाई समस्या भएको छ । १५ किलोवाट क्षमताको आयोजनाबाट रामारोशनका ३०० उपभोक्ताले सेवा लिइरहेका परियोजनाका अध्यक्ष लालबहादुर साउँदले जानकारी दिए । विद्युत् सेवा अवरुद्ध भएपछि उपभोक्ता मारमा परेको अध्यक्ष साउँदले बताए ।
तत्कालीन अवस्थामा जिल्ला ऊर्जाको प्राविधिक सहयोग र उपभोक्ताको पूर्ण जनश्रमदानमा निर्माण भएको उक्त जलविद्युत् परियोजनाको सेवा अवरुद्ध भएपछि तिहार अन्धकार हुने भन्दै स्थानीय उपभोक्ता चिन्तित बनेका छन् । उपभोक्ताले चाँडोभन्दा चाँडो लघु जलविद्युत् आयोजना मर्मत गरिदिन मागसमेत गरेको गाउँपालिकाका योजना शाखा प्रमुख दलबहादुर साउँदले बताए ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया