विश्वकप छनोट २०२२: पहिलो हाफमा घरेलु टोली जोर्डनसँग नेपालको बराबरी

विश्वकप छनोट २०२२ अन्तर्गत चौंथो खेलमा नेपालले अहिले जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको छ ।

जोर्डनको घरेलु मैदानमा जारी खेलको पहिलो हाफ सकिँदासम्म नेपालले घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको छ ।

पहिलो हाफमा जोर्डनले बल पोजिसनमा एकतर्फी पकड जमाए पनि नेपाली डिफेन्सले राम्रो क्लियर गरिदिए। नेपालका लागि कप्तान किरण चेम्जोङले कयौं जोर्डनी प्रहार विफल बनाइदिए।

फिफा बरियतामा नेपाल भन्दा निकै माथि रहेको जोर्डनका अधिकांश प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । 

प्रशिक्षक योहान कालिनले जोर्डनविरुद्धको खेलमा अष्ट्रेलियासँग खेलेका ३ खेलाडी परिवर्तन गरेका छन्।

जोर्डनविरुद्ध मुख्य फरवार्डमा विमल घर्ति मगरलाई राखिएको छ। अष्ट्रेलियाविरुद्ध अभिषेक रिजाललाई सुरुवाती-११ मा राखिएको थियो ।
यस्तै मिडफिल्डर विशाल राईको स्थानमा सन्तोष तामाङलाई प्लेईङ सेटमा राखिएको छ । डिफेन्डर रञ्‍जित धिमालको स्थानमा सुमन अर्याललाई पहिलो रोजाईमा राखिएको छ ।

विश्वकप छनोट अन्तर्गत नै २०११ मा भएको घरेलु मैदानको खेलमा जोर्डनले नेपाललाई नौ शुन्यले हराएको थियो ।

नेपालको प्लेईङ -११

गोलकिपर : किरण चेम्जोङ

डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी , सुमन अर्याल

मिडफिल्डर : रोहित चन्द, अन्जन बिष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, रबि पासवान

फरवार्ड : विमल घर्ति मगर

 

प्रकाशित मिति: : 2019-10-15 22:42:33

प्रतिकृया दिनुहोस्