संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान लिने क्रम जारी रहेको छ।
मंगलबार म्याद थपका लागिका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको महराको न्यायधिश दिनेशकुमार दाहालको एकल इजलासले दुई नम्बर कोठामा बयान लिइरहेको छ । स्रोतका अनुसार सरकारी वकिललको कार्यलयले थप अनुसन्धानको लागि १३ दिनको म्याद थप गर्न अदालतसँग आग्रह गरेको छ ।
यसअघि शाहीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको थियो ।
त्यसयता प्रहरी हिरासतमा रहेका उनलाई अदालत खुलेसँगै मंगलबार उपस्थित गराइएको हो । महराले असोज १२ गते शाहीमाथि बलात्कार गरेको भन्दै हाम्रा कुरा डटकमले असोज १४ गते खुलासा गरेको थियो । अहिले महराको सांसद पद समेत निलम्बनमा परेको छ ।