२० असोज, काठमाडौं । यतिबेला गाउँ सहर सबैतिर दशैंको रमाइलो छ । दशैंमा दक्षिणा पाएका हुन् वा दक्षिणा दिन तयार पारिएका नयाँ नोटहरु बजारमा प्रशस्त छन् । दशैंको टीकापछि पसलमा केही सामान किन्यो भने फिर्ता रकम पनि नयाँ नोट नै आउँछ ।
नयाँ नोट बजारमा छ्याप्पछ्याप्ती रहेका बेला तिनै नोटमा कतै नक्कली त मिसिएको छैन ? यसबारे भने ध्यान दिनुपर्छ ।