प्रहरीले वीरगञ्जबाट मोबाईल चोरीमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा-३ का २४ बर्षीय गौरिशंकर यादव, वडा-१७ का २४ बर्षीय मनोज राम हरिजन, १४ का २२ बर्षीय जमसेद अन्सारी र भारत बिहार जिल्ला पूर्वी चम्पारण बस्ने २२ बर्षीय विक्रम पटेल रहेका छन् ।
उनीहरुको साथबाट नेपाली रुपैयाँ २१ हजार ७ सय २६, भारतीय रुपियाँ १७ हजार र विभिन्न ब्राण्डका १७ थान मोबाईल सेट समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।
उनका अनुसार ती चोरहरुले कलेजका विद्यार्थीहरुको कोठा कोठामा एकाबिहानै पुगेर मोबाईल चोरी गर्ने गरेका थिए । ‘विभिन्न स्थानबाट मोबाईल चोरी भएको उजुरी आईरहेको थियो ।', उनले भने ',मोबाईल चोरी नियन्त्रण टोलीले अनुसन्धानको क्रममा उनीहरुको संलग्नता पाएपछि नियन्त्रणमा लिएका हौं ।’
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया