यमन विद्रोहीद्धारा साउदीको विमानस्थलमा रकेट लञ्चर प्रहार, २६ घाइते

तस्बिरः एजेन्सी

बीएल– यमन विद्रोहीहरूले बुधबार साउदी अरबको दक्षिण–पश्चिमस्थित एउटा विमानस्थलमा रकेट लञ्चर प्रहार गर्दा २६ नागरिक घाइते भएका छन्।

साउदी प्रेस एजेन्सीले सरकारी प्रवक्ताको बयान उल्लेख गर्दै आभा विमानस्थलमा भएको आक्रमणमा ८ जना गम्भीर रुपले घाइते भएको र १८ जनालाई सामान्य चोट लागेको बताएको छ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

साउदी अरबको गठबन्धन सरकारका प्रवक्ता तुर्की अल मलिकीले सामान्य घाइतेहरूलाई प्राथमिक उपचारपछि घर फर्काइएको जानकारी दिए। यमनको हुती विद्रोहीले साउदीको विमानस्थलमा भएको आक्रमणको जिम्मा लिएको छ।

यसअघि यमन विद्रोहीले छोडेको दुई ब्यालेस्टिक मिसाइललाई साउदीले आकाशमै नष्ट गरेको थियो। साउदीले यसको भिडियोसमेत सार्वजनिक गरेको थियो। हुथी विद्रोहीलाई इरानको समर्थन रहेको बताइएको छ।

गत साता साउदीले हुथी विद्रोहीमाथि बिस्फोटक एक ड्रोन छोडेको आरोप लगाएको थियो। हुथीले पनि साउदीको सेनालाई लक्षित गरेर ड्रोन छोडेको बताएको थियो।

प्रकाशित मिति: : 2019-06-12 20:15:38

प्रतिकृया दिनुहोस्