भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा पार्टी अध्यक्ष अमित शाह गृहमन्त्री नियुक्त भएका छन्। पूर्व विदेश सचिव एस जयशंकरलाई विदेशमन्त्रालयको जिम्मेवारी सुम्पिएको छ।
शुक्रबार सार्वजनिक मन्त्रालय बाँडफाँडमा शाहलाई गृहमन्त्रालय सुम्पिएको हो। मोदीको पहिलो कार्यकालमा गृहमन्त्री बनेका राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ।
४ वर्षअघि नेपालको संविधान निमार्णको प्रक्रिया अवरुद्ध गर्न मोदीको विशेषदूत बनेर काठमाडौं आएका जयशंकरलाई विदेश मन्त्रालयको कार्यभार सुम्पिएको हो। उनलाई सुषमा स्वराजको स्थानमा विदेश मन्त्रालय सुम्पिने पहिलेदेखि नै आशा गरिएको थियो।
मोदी सरकारमा रक्षामन्त्री रहेकी निर्मला सितारमणलाई अर्थमन्त्रालयको जिम्मेवारी सुम्पिएको छ।
गान्धी–नेहरुको गढ मानिएको अमेठीमा कंग्रेस अध्यक्ष राहुल गान्धीलाई पराजित गरेकी पूर्व टेलिभिजन अभिनेत्री स्मृती इरानीलाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ। यसअघि यो मन्त्रालयको मन्त्री मेनका गान्धी थिइन्।
हेर्नुहोस् कसलाई कुन मन्त्रालय