ईदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय

तस्बिरः बिएल

सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मुस्लिम समुदायको ठूलो पर्व ईद उल फित्रको अवसरमा आगामी जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

ईदमा बिदाको माग गर्दै मुस्लिम संघका प्रतिनिधिले केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। भेटमा ओलीले आफूले बिदाको विषयमा पुनर्विचार गर्ने आश्वासन दिएका थिए।

मुस्लिम आयोगको सिफारिससमेतलाई मध्यजनर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2019-05-30 16:54:07

प्रतिकृया दिनुहोस्