शीर्ष डिभिजन क्लब रुस्लान थ्री स्टार क्लबले बंगलादेशमा हुने शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा सहभागिता जनाउने भएको छ ।
ललितपुरमा आइतबार जारी थ्री स्टारको वार्षिक साधारण सभामा महासचिव सञ्जिव शिल्पकारले यसबारे जानकारी दिएका हुन् । यसअघि नेपालबाट सन् २०१७ मा मनाङ मर्स्याङ्दीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो । उक्त संस्करणमा किरण चेम्जोङ सम्मिलित टिसी स्पोर्ट्सले उपाधि जितेको थियो । प्रतियोगिता अक्टोबर १९ देखि ३० सम्म बंगलादेशको चितगोङमा हुनेछ ।
प्रतियोगितामा थ्रीस्टारसँगै माल्दिभ्सको टिसी स्पोर्ट्स, भारतको मोहुन बगान, चेन्नई सिटी र मोहमडन तथा बंगलादेशको अबाहानी ढाका, चितगोङ अबाहानी र बसुन्धारा किङ्गस रहेका छन् ।