काठमाडौंको अतिव्यस्त स्थान घट्टेकुलोमा आइतबार बिस्फोटनमा परि ज्यान गुमाएका व्यक्ति प्रतिबन्धित नेकपा विप्लव समूहको केन्द्रीय सदस्य रहेको पुष्टी सुरक्षा निकायले गरेको छ।
काठमाडौंको अतिव्यस्त स्थान घट्टेकुलो र सुकेधारामा आइतबार दिउँसो साँढे ४ बजे बिस्फोटको घटना भएको थियो। जसमा घट्टेकुलोमा १ र सुकेधारामा ३ जनाले ज्यान गुमाएका थिए।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञावलीले ब्रेक एन लिंक्सलाई दिएको जानकारी अनुसार घट्टेकुलोमा बिस्फोटमा मारिने व्यक्ति विप्लव समूहका केन्द्रीय सदस्य प्रज्वल शाही थिए।
उनको सनाखत भइसकेको एसएसपी ज्ञावलीले बताए। सुकेधारामा मारिएका तीन जनाको सनाखत हुन भने अझै बाँकी छ।
‘घट्टेकुलोमा मर्ने व्यक्ति विप्लव समूहका केन्द्रीय सदस्य प्रज्वल शाही भएको सनाखत भइसकेको छ। सुकेधारा घटनामा मारिनेको सनाखतको तयारीमा छौं,’ एसएसपी ज्ञावलीले भने।
सोमबार बन्दको तयारी स्वरुप विप्लव समूहले राजधानीको ४ स्थानमा बम बिस्फोट गराएका थिए। यो घटनामा ४ जनाको निधन भएको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया