डिफेन्डिङ च्याम्पियन लिभरपुल नेपोलीसँग स्तब्ध

तस्बिरः एजेन्सी

डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा इटालियन क्लब नेपोलीसँग स्तब्ध बनेको छ।

नेपोलीको मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुल २–० ले स्तब्ध बनेको हो।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा घरेलु टोलीले च्याम्पियनविरुद्ध दुई गोल गर्दै सानदार जित निकालेको हो।

घरेलु टोलीका लागि ८२ औं मिनेटमा ड्रिएस मेर्टिन्सले पेनाल्टीमा गोल गर्दै खेलमा अग्रता लिएको थियो।

इन्जुरी समयमा थप गरिएको दोस्रो मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गर्दै लिभरपुललाई २–० ले स्तब्ध पारे।

लिभरपुलले गोलको अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

जितसँगै समूह समूह ‘ईं’ मा नेपोलीले महत्त्वपुर्ण ३ अंक जोडेको छ । लिभरपुल अंकविहीन छ । यही समूहको अर्को खेलमा अस्ट्रियाको साल्जवर्गले बेल्जियन क्लब गेन्कलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको छ। साल्जवर्ग लिग अन्तर्गत समूहरको शीर्षस्थानमा छ। गेन्क पुछारमा छ ।

प्रकाशित मिति: : 2019-09-18 07:48:10

प्रतिकृया दिनुहोस्