नेपालको हरियो राहदानी बोकेर पहिलै भिसा नलिए पनि विश्वका ३७ देशमा प्रवेश गर्न पाइन्छ । यस्तो प्रवेशलाई अन-अराइभल भिसा भनिन्छ । अर्थात् विश्वका ३७ देशले नेपाली पासपोर्टवाहकलाई पनि प्रवेश गरेको अध्यागमन कार्यालयमै भिसा उपलव्ध गराउँछन् । श्रीलंकाले अनलाइन भिसा उपलव्ध गराउने भएकाले त्यो संख्या पनि जोडेर नेपाललेले अन अराइभल भिसा पाउँनेको संख्या ३८ रहेको बताइन्छ ।
संसारका कुनै पनि देशको पासपोर्टबाहकले सबै देशमा अन-अराइभल भिसा पाउँदैनन् । कति देशमा भिसा पाउँछन्, त्यसैको आधारमा कुन देशको पासपोर्ट कति शक्तिशाली भनेर मापन गरिन्छ । यसको मापन गर्ने काम इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले गर्ने गर्छ ।
हरेक वर्ष सार्वजनिक गरिने प्रतिवेदन यस वर्ष पनि सार्वजनिक भएको छ । त्यही नयाँ प्रतिवेदनमा नेपाल ३८ देशमा अनअराइभल भिसा पाउँने आधारमा विश्वको १०२औं शक्तिशाली पासपोर्ट भएको देशमा सूचीकृत भएको छ ।
यो सूचीमा रहेको नेपाली पासपोर्टले विश्वका १८८ राष्ट्रमा भ्रमण गर्नका लागि भने पहिलै भिसा लिनुपर्ने हुन्छ ।
नेपालीले कुन कुन देशमा अन-अराइभल भिसा पाउँछन् ?
एसिया :
१. बंगालादेश २. भारत ३. मालदिभ्स ४.पाकिस्तान ५. कम्बोडिया ६. इन्डोनेशिया
७. लाओस, ८. फिलिपिन्स, . सिंगापुर १०. टिमोर लेष्ट ११. श्रीलंका (अनलाइन भिसा)
अफ्रिका
१. केप भर्ड आइल्याण्ड २. कोमोरेश आइल्याण्ड ३. इजिप्ट ४. गाम्बिया ५. गायना बिसउ ६. केन्या ७. माडागास्कर ८. मौरिटानिया ९. मौरिसस
१०.मोजाम्बिक ११.रुवाण्डा १२. सेनेगल १३. सेचेलिस १४.सोमालिया १५. तान्जिनिया १६. टोगो १७. युगाण्डा
ओसियाना
१. कुक आइल्याण्ड २. माइक्रोनेसिया ३. निउ ४.पलाउ आइल्याण्ड ५. सामोआ ६. तुभालु
क्यारेवियन
१. डोमेनिका २. हैटी ३. सेन्ट भिन्सेन्ट
दक्षिण अमेरिका
१. बोलिभिया