संविधान दिवसमा न दिपावली, न कालो झण्डा !

फाइल तस्बिर

काठमाडौं । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले संविधान दिवसमा खुशियाली पनि नगर्ने र कालो दिवसका रुपमा पनि नमनाउने भएको छ।

पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै विद्यमान संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको भन्दै पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरिएको जनाएका छन् ।

साथै सो दिन सातै प्रदेशमा ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने पनि समाजवादी दलले जनाएको छ।

प्रकाशित मिति: : 2019-09-16 15:17:24

प्रतिकृया दिनुहोस्