राष्ट्रसंघमा रोकियो सेना-प्रहरीको आठ अर्ब

तस्बिरः नयाँ पत्रिका

अमेरिकाले सहयोग कटौती गरेपछि आर्थिक संकटमा परेको राष्ट्रसंघले शान्ति मिसनमा गएका नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको एक वर्षदेखिको तलबभत्तासहितको रकम भुक्तानी गर्न सकेको छैन, बरु मिसन घटाउँदै लगेको छ शान्ति मिसनका लागि अमेरिकाले बजेट कटौती गरेपछि राष्ट्रसंघमा परेको आर्थिक संकटको असर नेपालमा पनि देखिएको छ । संयुक्त राष्ट्रसंघको आग्रहमा विभिन्न द्वन्द्वग्रस्त देशमा खटिएका सेना, प्रहरी र सशस्त्र प्रहरीले तलब तथा सामानको शोधभर्ना पाएका छैनन् । मिसनको अवसर पनि कम हुँदै गएको छ । 

राष्ट्रसंघसँग नेपाली शान्ति सैनिकले लिनुपर्ने रकमको बक्यौता आठ अर्ब रुपैयाँ नाघिसकेको छ । नेपाली सेनाको ६ अर्ब, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको एक–एक अर्ब रुपैयाँ राष्ट्रसंघले भुक्तानी गर्न बाँकी छ । गत वर्ष अक्टोबरदेखि भुक्तानी रोकिँदा नेपाली सुरक्षाकर्मी उधारोमा काम गर्न बाध्य छन् । राष्ट्रसंघले भुक्तानी रोक्दा सुरक्षा निकायले पहिले नै जम्मा भएको कोषबाट शान्ति मिसनमा जाने अधिकारीलाई तलब दिएका छन् । उनीहरूको करोडौँ ब्याज आम्दानीसमेत गुमिरहेको छ । हाल शान्ति सेनामा नेपालबाट विभिन्न देशमा पाँच हजार ६ सय ६८ जना कार्यरत छन् । राष्ट्रसंघको आर्थिक संकटले शान्ति मिसनमा सुरक्षाकर्मी खटाएका अन्य देश पनि प्रभावित भएका छन् । 

प्रकाशित मिति: : 2019-09-13 07:15:28

प्रतिकृया दिनुहोस्