चिनियाँ तस्करको हातबाट फुत्किएकी युवतीको बयान : प्रहरीलाई ढाँट्नु भनेपछि मात्र लाग्यो शंका

काठमाडौं : काठमाडौंको उत्तरमा रहेको पुरानो बस्ती टोखामा बस्दै आएकी संस्कृति दाहाल (नाम परिवर्तन) तस्करको नजरमा परिन्। नेपाली एक महिला मार्फत् चिनियाँ तस्करले संस्कृतिलाई चीन लैजाने सपना देखाए। गाउँबाट केही समय अगाडि मात्र काठमाडौं आएकी उनका लागि चीन सपनाकै देश बन्न थाल्यो।

भिजिट भिसामा चीन जाने अनि राम्रो आम्दानी हुने भएपछि संस्कृतिमा लोभ पलाउनु स्वाभाविक नै थियो। उनी चीन जाने भइन्। चिनियाँ तस्करले उनको सबै कागजी प्रक्रिया पूरा गरे। उड्नलाई केही दिन मात्र बाँकी थियो। एकाएक संस्कृतिको मनमा एकखाले भय पैदा भयो। शंका पनि लाग्यो।

चिनियाँ तस्करले संस्कृतिलाई विमानस्थलमा प्रहरीले सोध्यो भने 'साथीले बोलाएकाले जान लागेको भन्नु है' भनेका थिए। जो मानिसलाई आफूले चिनेको नै छैन, त्यसमा पनि चिनियाँ नागरिक। कसरी हुनु साथी? संस्कृतिको मनमा शंकाले डेरा जमायो।

‘किन उनीहरुले प्रहरीलाई ढाँट्नु भने? म कसैलाई नै चिन्दिन थिएँ। त्यसैले शंका लाग्यो,' संस्कृतिको भनाइलाई उदृत गर्दै एक प्रहरी अधिकृतले भने।

प्रकाशित मिति: : 2019-09-12 19:50:25

प्रतिकृया दिनुहोस्