बेलायतको मूल राजनितीमा नेपालीको जित-
काउन्सिलर पदमा म्याग्दीका प्रबेश बिजयी भए
- राजन घिमिरे -
केही समययता प्रबासमा रहेका नेपालीले पनि स्थानीय राजनीतिमा सफलता हात पार्न थालेका छन्।यसै क्रममा बेलायतमा रहेका एक प्रबासी नेपाली बेलायतको स्थानीय निर्वाचनमा सत्तारूढ कन्जर्भेटिभ पार्टीबाट चुनाव जितेका छन्।
चुनाव जित्ने युवा व्यवसायी तथा समाजसेवी प्रवेश केसी हुन्। उनले बिहीवार भएको स्थानीय निकायको चुनावमा सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरोअन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिल पदमा विजयी भए।
केसीले आफ्ना प्रतिस्पर्धी लेबर पार्टीको प्रतिनिधित्व गर्दै उठेका इभेट डिनलाई पराजित गरेका थिए।यस क्षेत्रमा करिब चार हजार मतदाता थिए -‘यो मेरो मात्र मात्र बिजय नभएर सम्पूर्ण बेलायतमा बस्ने नेपालीको जीत र गौरवको विजय हो', केसीले भने। उनले आफ्नो चुनाबी अभियानमा साथ र समर्थन गर्ने सहयोगी, शुभेच्छुकहरु, नेपाली तथा सन्चारकर्मीलाई पनि धन्यवाद पनि दिएका छन्।
नेपालको म्याग्दीमा जन्मिएका केसी दुई दशकदेखि बेलायत बस्दै आएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया