‘रजिष्ट्रारमाथि हातपात भएको छैन, बाहिर जानुहोस् भन्दा ठोक्किएर लड्नुभो’

दाङ  : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीविरुद्ध अहिले आन्दोलन चर्किएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यशैलीको चर्को विरोध गर्दे त्यहाँ कार्यरत चिकित्सकले दबाब स्वरुप सामुहिक राजीनामा दिएको विषयदेखि सुरु भएको आन्दोलनमा अहिले पत्रकार र नेकपाका नेताको अगुवाइमा चर्किरहेको छ। 

डाक्टरको आन्दोलनसँगै प्रतिष्ठान बचाऔँ अभियान समिति गठन गरेर आन्दोलन चलिरहेको छ। प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारीको कार्यशैली गलत भएको, प्रतिष्ठान भित्र अनियमितता गरेको, चिकित्सकलाई मानसिक तनाव दिने गरेको आरोप लगाउँदै बचाऊ अभियानले राजीनामा माग गरेर ज्ञापनपत्र बुझाएदेखि आन्दोलन उग्र बन्दै गएको छ।

जुन आन्दोलनको नेतृत्व नेकपाका नेता विकिरण गौतम र पत्रकार महासंघका दाङ अध्यक्ष सविन प्रियासनले गरिरहेका छन्। दुबैले उपकुलपतिको राजीनामा पहिलो सर्त भएको भन्दै चरणबद्ध आन्दोलन सुरु गरेका हुन्। 

अभियानका सदस्य सचिव तथा महासंघका अध्यक्ष प्रियासनले आफू पत्रकार भन्दा पनि नागरिक भएर आन्दोलनमा गएको बताए। ‘म पहिले नागरिक हँु। प्रतिष्ठानबाट सेवा लिन्छु, त्यसका लागि म आन्दोलनमा छु’, उनले भने, ‘पत्रकारिता र अध्यक्ष पद छोड्न तयार छु तर आन्दोलन छोड्दिन। अस्पताल राम्रो बनाउनै पर्छ।’ अर्काेतर्फ कांग्रेस उपकुलपति र पदाधिकारीको बचाउमा देखिएको छ। यसले पनि आन्दोलन राजनीतिक भन्ने देखिएको छ। 

प्रकाशित मिति: : 2019-08-29 19:42:13

प्रतिकृया दिनुहोस्